तपाईको आजको राशीफल कस्ताे छ ?
नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार १२:२३:४८
वि.सं. २०७७ साल माघ २१ गते । बुधबार । इ.स.२०२१ फेब्रुवरी ०३ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । माघ कृष्णपक्ष । तिथी– षष्ठी,१६ बजेर ०३ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–चित्रा,२३ बजेर ०४ मिनेट उप्रान्त स्वाती । योग–शूल,२७ बजेर ०३ मिनेट उप्रान्त गंड । करण–वणिज,१६ बजेर ०३ मिनेट उप्रान्त भद्रा,२६ बजेर ५३ मिनेट उप्रान्त बव । आनन्दादिमा–काल योग । चन्द्रराशि–कन्या,११ बजेर ५२ मिनेट उप्रान्त तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५१ मिनेटमा,सूर्यास्त १७ बजेर ४४ मिनेटमा । दिनमान २७ घडी १३ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- चलिआएका परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- बिहानको समय राम्रो रहेकोले मायाप्रेममा सामिप्यता बढेर जानेछ । अध्ययनमा सुधार गर्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट जीवनशैली व्यस्त रहेपनि आर्थिक पक्ष कमजोर रहनेछ । कुनैपनि विवादमा सामेल नहुनुहोला, हुलमुलमा फस्ने तथा नराम्रा परिणामको सामना गर्नु पर्नेछ । आफन्त तथा मामा मावली पक्षसँग नजिक नहुनु तथा आजको दिनसँगै काम नगर्नु नै राम्रो रहेको छ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- बिहानको समय मध्यम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुश हुनेछ । प्रतिस्पर्धीहरुको अवरोधले फाईदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले व्यवसायमा लगानी बढाउदा मनग्गे लाभ हुनेछ । पढाईलेखाईमा प्रतिद्धन्द्धीहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- बिहानको समय राम्रो रहेकोले पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । मध्यान्हबाट समय मध्यम रहेकोले राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्बसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला, काम बिग्रने हुँदा मानसम्मानमा कमी हुनेछ । सवारीसाधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- बिहानको समय राम्रो रहेकोले गीत संगीतको क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समयले साथ दिनेछ । होटल तथा रेष्टुरेन्ट पेशा व्यवसायमा आवद्ध रहनु भएकाहरुका लागि समयले साथ दिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आउन सक्छ, ध्यान दिनुहोला । कुनै पनि विवाद तथा अदालती प्रक्रियामा सामेल नहुनु होला, तपाईको पक्षमा निर्णय नआउन सक्छ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठुला व्यक्तिको सहयोगमा बिशेष काम सम्पन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मियताको बढोत्तरी हुने योग रहेको छ । बन्द व्यापारमा राम्रै फड्को मार्न सकिने समय रहेको छ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउन सकिने छ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्रपंतिमा आउन सकिने छ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । समाजसेवामा समय दिन सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । बिहानको समयमा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- बिहानको समय उत्तम रहेकोले बैकिङ क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिने छ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । मध्यान्हबाट साथीभाई तथा आफन्तहरुको भेटघाटले नयाँ काम गर्ने अवसर आएपनि फाईदाको लागि अली बढी मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ): – नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नती हुनेछ । बिभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउनेछन् भने प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । शत्रु तथा प्रतिस्पर्धीहरु परास्त हुनेछन् भने बिद्या तथा प्रतिस्पर्धामा तपाईकै नाम अग्रस्थानमा आउनेछ । व्यापार व्यवसायमा लगानी गरी भनेजस्तो नाफा कमाउन सकिनेछ । भनेको समयमा सामाजिक कामहरु बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुशियाली छाउनेछ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- जानकारीको अभावले कामहरु बिग्रनेछ भने आलोचनाको शिकार होईनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यही बेलामा व्यापार व्यवसायमा मन्दी आउनेछ । आम्दानी भन्दा खर्च अधिक हुने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजादा अरुभन्दा पछि परिनेछ । मायाप्रेममा अबिश्वास बढ्ने योग रहेको छ । बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ भने अध्ययनकै सवालमा यात्रा हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- लामो समयदेखि रोकिएका कामहरु बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानी हुनेछ । आफन्त तथा जीवनसाथीको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरी नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्बाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागि लामोदुरीको यात्रा हुनेछ । व्यापारबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने घरायसी सुख सुबिधा भरपुर मात्रामा प्रयोग गर्न पाईनेछ । बिहानको समय मध्यम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यावधान हुने हुनाले मानसिक तनाव बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोशजाँगर हराएर जानेछ । पढाईलेखाई तपाई आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ । प्रेमप्रसङगबाट टाढै रहनुहोला, प्रिय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । बिधिबिधान तथा कानुन सम्बत् काम गर्नुहोला, दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेको छ । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार