हुम्ला शाखाको पाँचौँ साधरणसभा सम्पन्न
नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार १४:५५:७
२१ माघ, सिमकोट । नेपाल पत्रकार महासंघ हुम्ला शाखाको पाँचौँ साधरणसभा मंगलबार सम्पन्न भएको छ । पत्रकार शाखाका वरिष्ठ उपाध्यक्ष मधु बस्नेत शाहीको अध्यक्षतामा भएको सो साधारणसभामा महासंघका केन्द्रीय सचिव लक्ष्मी पुन र सामानुपातिक उपाध्यक्ष मिमसिंह नेपालीको उपस्थिति थियो । स्वर्गीय जयबहादुर रोकायाले हुम्ला शाखाको स्थापना गरेका थिए ।
सो अवसरमा खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले पत्रकारले सहीरूपमा कलम चलाउन नसके झन् विकृति मौलाउने बताए। उनले भने, “पत्रकार कसैको पनि पक्षमा नभई सत्य, तथ्य र निष्पक्ष भएर कलम चलाउनुपर्छ । समाजमा ऐनाजस्तो पारदर्शी भएर रहन सक्नुपर्छ ।”
प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले समाज परिवर्तनका संवाहक पत्रकार भएका कारण जिम्मेवारीअनुसार कलम चनाउनुपर्ने बताए । महासंघ सचिव पुनले पत्रकार आफ्नो पेशाप्रति लगाव र समाजप्रति उत्तरदायी हुनुका साथै कलमप्रति इमान्दर हुन जरुरी रहेको बताए ।
सभामा वरिष्ठ उपाध्यक्ष मधु बस्नेत शाहीले साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्ष सुरेश परियारले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । सभाले आफ्नो भवन निर्माणका लागि जग्गा खरिदको पहल गर्ने निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकारात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार