अख्तियारका प्रमुख आयुक्त राईसहित ३८ पदाधिकारीले लिए प्रधानन्यायाधिशबाट शपथ
नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार १६:३३:२८
२१ माघ, काठमाडौं । विवादित बनेको विभिन्न संवैधानिक आयोगका ३८ जना अध्यक्ष एवं सदस्यहरुले आज शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा आज बिहान ९ बजे आयोजित एक कार्यक्रमका बीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त नियुक्त प्रेमराज राईसहितका प्रमुख आयुक्तहरुले राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणाबाट शपथ लिएका हुन् ।
अन्य आयुक्त तथा सदस्यहरुले भने अध्यक्षबाट शपथ लिएका छन् । संविधान बमोजिम प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाको बहिष्कारका बीच गत मंसिर ३० गते बसेको संवैधानिक परिषदको बैठकबाट उनीहरु नियुक्ति सिफारिसमा परेका थिए ।
राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीले मंसिर ३० गते नियुक्त भएका सबैको बुधबार शपथग्रहण सम्पन्न भएको जानकारी दिए । सरकारले नियुक्ति सिफारिस गरेर संघीय संसदमा जानकारी पठाएकोमा संसदीय सुनुवाईको लागि प्रतिनिधिसभा भंग भइसकेकोले सुनुवाई सम्भव नभएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले सोमबार मात्र नियुक्ति फिर्ता गरेका थिए ।
प्रधानमन्त्री केपी ओलीले हिजो पुन बोलाएको संवैधानिक परिषदको बैठक प्रधानन्यायाधिश राणाका कारण स्थगित भएको समाचार बाहिरिएको थियो । संवैधानिक व्यवस्थाअनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय सुनुवाई समितिबाट अनुमोदन हुनुपर्छ । यद्यपि, समितिले ४५ दिनसम्म निर्णय दिन नसकेमा भने नियुक्तिमा बाधा नहुने व्यवस्था संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावलीमा उल्लेख छ ।
तर सुनुवाई समितिमै नपुगी ४५ दिन पुर्याएर मात्र बिनाअनुमोदन नियुक्त गरिनु असंवैधानिक हुने तर्क कानुनविदहरुले गरेका छन् ।बिनासुनुवाई नियुक्त गर्न नहुने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका छन् । सर्वोच्च अदालतमा संवैधानिक परिषद सम्बन्धि अध्यादेश र त्यसले एकपक्षीय रुपमा गरेको नियुक्तिका बिषयमा मुद्धा विचाराधिन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
पार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
‘गौतम बुद्ध विमानस्थल दीर्घकालिनरूपमा सञ्चालन गरौं’
मंसिर १, २०८१ शनिबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार