शेयरबजार विकासका लागि अर्थमन्त्री सकारात्मक

नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार १८:५१:५३

२१ माघ, काठमाडौं । शेयरबजार विकासका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेल सकारात्मक भएको भन्दै प्रदेश ५ शेयर लगानीकर्ता फोरमले खुशी प्रकट गरेको छ ।
अर्थमन्त्री पौडेल र प्रदेश ५ शेयर लगानीकर्ता फोरमबीच हिजो भेटवार्ता भएको थियो । फोरमको समुहले पौडेललाई भेटेर शेयर बजार विकास र विस्तार सम्बन्धी मन्त्रालयबाट नै विशेष सम्बोधन हुन आवश्यक रहेको बताएका थिए । भेटका क्रममा उनीहरुले पुँजी बजार लगानीकर्ताको मात्रै नभएर राज्यलाई हेर्ने ऐना भएको भन्दै पुँजी बजारको विकास र विस्तारमा अर्थमन्त्रालयले सकारात्मक भुमिका खेलिदिनको लागि अनुरोध गरेका थिए ।
माघ २० गते अर्थमन्त्रालयमा भएको कार्यक्रममा बुटवल केन्द्रीय कार्यालय रहेको फोरमले अर्थमन्त्रीलाई भेट्दै वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिनु पर्ने, प्रदेश स्तरमा पनि ब्रोकर लाईसेन्स खुलाउने पर्ने, धितोपत्र बोर्ड र नेप्सेलाई प्रदेश स्तरमा पनि उपस्थीती गराउने पर्ने, पूर्ण स्वचालित अन्लाईन कारोवार प्रणालीको निर्माण, समयमा वित्तीय विवरण सार्वजनिक नगर्ने कम्पनीलाई कारवाही र लिलामी शेयर खरिद गर्नको लागि अन्लाईन प्रणालीको निर्माण गर्ने जस्ता माग राखेको थियो ।
त्यस्तै फोरमले अर्थमन्त्री विष्णु पौडेलको कार्याकालमा शेयर बजारले एतिहासिक रेकर्ड बनाउदै गएकोमा धन्यवाद दिंदै आगामी दिनमा पनि शेयर बजार विकासका लागि शुभकामना दिएको छ। कार्यक्रममा सहभागी लगानीकर्ता फोरमका अध्यक्ष कमल तिवारीका अनुसार कार्यक्रममा ऊठाईएका माग प्रति अर्थमन्त्री सकारात्मक रहेका छन् । भेटघाट कार्यक्रममा अध्यक्षसहित गोपी राज भुषाल र दिनेश गैरेको उपस्थीती रहेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन
फागुन ११, २०८१ आइतबार
प्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १५, २०८१ बिहिबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार