फेवाताल कुरुप नबनाउन अधिकारकर्मीको माग
नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार १९:१५:३४
२१ माघ,पोखरा । पोखराको प्रसिद्ध फेवाताल किनारमा निजी कम्पनीले राख्न लागेको रेलिङका कामलाई तत्काललाई रोक्न सम्पदा अधिकारकर्मीले माग गरेका छन् । पोखराको बाराहीघाटदेखि पहारीघाटसम्म करीब २०० मिटर रेलिङ लगाउन पोखरा महानगरपालिका–६ ले स्लास प्लस प्रालिलाई अनुमति दिएसँगै अगाडि बढेको कार्यलाई रोक्न माग गरिएको हो ।
सम्पदा अधिकारकर्मीहरुले प्राकृतिक सम्पदामा पार्ने दीर्घकालीन असरलाई ध्यान नदिई व्यापारिक प्रयोजनका लागि रेलिङ लगाउन दिनु उपयुक्त नभएको बताएका छन् । सिमसार क्षेत्रमा सूचीकृत एवम् पोखराको प्राकृतिक सम्पदाको गहना फेवाताल कुुरुप बनाउने कार्य तथा वातावरणमैत्री क्रियाकलापप्रति बेवास्ता गर्दै विज्ञापन प्रयोजनका निम्ति आर्थिक प्रलोभनमा यस्ता कार्य गर्न नहुने बताएका छन् ।
पोखरा महानगरले फेवाताल, पाताले छाँगो, सराङकोट भ्यू टावर, सेती खोँच जस्ता महत्वपूर्ण प्राकृतिक सम्पदालाई समेत ४० वर्षका लागि निजी क्षेत्रलाई भाडामा दिने तयारी गरेको उल्लेख गर्दै यसको पनि अधिकारकर्मीहरुले विरोध गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार
‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्याउनेलाई कारबाही’
मंसिर १४, २०८१ शुक्रबार
भारतीय चर्चित क्रिकेटर शिखर धवन आइपुगे नेपाल
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार