लेकाली पदमार्गको गुरुयोजना तयार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार १९:३९:४
![](https://nepalbahas.prixacdn.net/media/albums/annapurna-hml_I6ToyVEMka.jpg)
२१ माघ,बलेवा । बागलुङको तमानखोलामा पर्ने पर्यटकीय सोलेडाँडा र ताराखोलाको डुडेलेकसहितका भूगोल समावेश ‘लेकाली पदमार्ग’ को गुरुयोजना बनाइएको छ । मोटरबाटोले धेरै स्थानमा पुग्न सकिने भए पनि पदयात्राबाट जाने अवस्था अझै नभएपछि ढोरपाटनसम्म पुग्ने पदमार्गको गुरुयोजना बनाइएको हो ।
बागलुङको घोडाबाँधेदेखि ताराखोला, डुडेलेक, सोलेडाँडा, बयलधुरी, मालिका, नौदले हँदै गुर्जाघाटबाट ढोरपाटन जान झण्डै सात दिन यात्रा गर्न सकिने पदमार्गको रेखाङ्कन भएको हो । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले चालू वर्षको कार्यक्रममा यो पदमार्गलाई गुरुयोजनामा सूचीकृत गरेको छ ।
दुई वर्षअघि सम्भाव्यता अध्ययन भइसकेकाले आन्तरिक पर्यटकले पटकपटक गरी यात्रा गरिसकेका छन् । गाईवस्तु चराउने पुराना बाटालाई मर्मत गरेर ढोरपाटनसम्म पुग्ने पदमार्ग बनाइने छ । ताराखोला गाउँपालिकाको ठूलो हिलेस्थित होमस्टे बसेपछि एक दिनको पैदल यात्रामा तमानखोलाको सोलेडाँडा पुगिन्छ । तर सहज यात्राका लागि सोले नपुग्दै डुडेलेकमा एउटा बसाइ बसाल्न ताराखोलाले तयारी गरेको छ ।
यो लेक दुई पालिकाको सिमाना हो । सोलेदेखि ढोरपाटनतर्फको खण्डमा दुईवटा बसाइ तमानखोलाले बनाउने छ । दुई वर्षअघि ट्रेकिङ एजेन्सी एसोसिएशन टानले नेपाल पर्यटन बोर्ड र तमानखोला गाउँपालिकाको सहकार्यमा पदमार्गको रुट तय गरेको हो । गाउँपालिकालाई फेरो पार्ने गरी तय गरिएको झण्डै ४० किमी लामो पदमार्गमा ठूलो हिलेदेखि सोलेको दूरी जोड्दा झण्डै ६० किमी बन्ने छ ।
पदमार्गका लागि दुईवटा बाटो तय गरिएको छ । ताराखोलाको ठूलोहिलेदेखि एउटा र बुर्तिवाङ हुँदै तमानखोलाको बुङ्गादोभानबाट अर्को पदयात्रा गर्न सकिन्छ । पदमार्ग सञ्चालन हुँदा बागलुङ, म्याग्दी, गुल्मी, प्यूठान, रोल्पा र रुकुममा धेरै पर्यटक त्यहाँ पुग्न सक्ने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
फागुन २, २०८१ शुक्रबार
द क्लिफमा मेगाट्रोल सञ्चालनमा
फागुन २, २०८१ शुक्रबार
पाइलट बन्न छाडेर पर्यटन क्षेत्रमा जमेका ‘सङ्घर्ष’
माघ ३०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
च्याम्पियन्स ट्रफी : २९ वर्षमा पहिलोपटक ठूलो प्रतियोगिता आयोजना गर्दै पाकिस्तान
फागुन ६, २०८१ मंगलबार
रिंकुकुमारी मृत्यु प्रकरणको अनुसन्धान गर्न मधेश सरकारले बनायो एसएसपीको नेतृत्वमा समिति
फागुन ६, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणः धरौटीमा रिहा भएका रवि लामिछाने तारेखका लागि धाइरहेका छन अदालत
फागुन ६, २०८१ मंगलबार
पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि
फागुन ६, २०८१ मंगलबार
सन् २०३५ मा उत्सर्जन ६० प्रतिशतले घटाउने जापानको लक्ष्य
फागुन ६, २०८१ मंगलबार