रामकुमारी झाँक्रीलाई पक्रन ओलीका नेतृहरुकाे माग
नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार २०:३७:२९
२१ माघ, काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी विभाजनको बाछिटा विस्तारै भातृ संस्थाहरुमा पनि परेको छ । प्रचण्ड–माधव समूहकी चर्चित नेतृ रामकुमार झाँक्रीलाई कारबाही गर्न ओली समूहका नेतृहरुले आज दबाब दिएका छन् ।
नेतृ झाँक्रीले हालै गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीप्रति कटाक्ष गर्दै सेतो सारीलाई प्रतिकात्मक ढंगले उठाएकी थिइन् । झाँक्रीको उक्त भनाईले राष्ट्रपति भण्डारीको मर्यादा र चरित्रमा गम्भिर धक्का पुगेको भन्दै ओली पक्षीय अखिल नेपाल महिला संघले आज गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाएको छ ।
साथै, झाँक्रीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्नसमेत माग गरिएको छ । उक्त समूहको नेतृत्व अनेमसंघका नेता सुजिता शाक्यले गरेकी हुन् । शाक्यपनि विघटित प्रतिनिधिसभा सदस्य हुन् । झाँक्रीले राष्ट्रपतिलाई लक्षित गरी टिप्पणी गरेपछि हिजो राष्ट्रपतिकी छोरीले फेसबुकमार्फत असन्तुष्टी पोखेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
मंसिर २, २०८१ आइतबार
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने
मंसिर २, २०८१ आइतबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित
मंसिर २, २०८१ आइतबार
लमजुङ दरबार निर्माणकार्य ठप्प
मंसिर २, २०८१ आइतबार
देउवा दम्पती उग्रतारा मेलामा
मंसिर २, २०८१ आइतबार
आजको मौसमः कोशी र गण्डकीमा हल्का वर्षा हुने, तराई क्षेत्रमा हुस्सु
मंसिर २, २०८१ आइतबार