आफ्नै जिल्लाबाट सेवा लिदै बागलुङका किसान
नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार २३:४०:२४
२१ माघ,बलेवा । गण्डकी प्रदेशको बागलुङमा कृषि ज्ञान केन्द्र स्थापना भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आज बागलुङ बजारमा केन्द्रको कार्यालय स्थापना गरेको हो ।
तीन वर्ष पहिले जिल्ला कृषि विकास कार्यालय खारेज भएपछि बागलुङका किसानले पर्वतमा रहेको कृषि ज्ञान केन्द्रबाट सेवा लिँदै आएका थिए । किसानसँग सम्बन्धित कार्यालय नै भौगोलिक हिसाबले टाढा रहेको भन्दै गुनासो आएपछि सबै जिल्लामा ज्ञान केन्द्र स्थापना थालिएको थियो । गण्डकी प्रदेश सरकारको निर्णयअनुसार सबै जिल्लामा कृषि ज्ञान केन्द्र र पशु विज्ञ केन्द्र स्थापना गर्ने अभियान चलिरहेको छ ।
कार्यालयको आज उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले किसानलाई सहयोग र सम्मानको आवश्यकता रहेको बताए । नजिकको सरकारका रुपमा रहेका स्थानीय तहले अझै पनि कृषि क्षेत्रमा उत्साहजनक लगानी गर्न नसकेको भन्दै उनले कृषि क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् । सरकारले उत्पादन, प्रशोधन, प्याकिङ र बजारीकरणमा सहयोग गर्ने भन्दै उनले उत्साहित भएर व्यावसायिक कृषिमा लाग्न आग्रह गरेका थिए ।
साविकको कृषि विकास कार्यालय रहेकै भवनमा कृषि ज्ञान केन्द्र स्थापना भएको छ । कार्यालय खारेज भएपछि खाली रहेको भवनमा बागलुङ नगरपालिकाले प्रशासनिक कार्यालय स्थापना गरेको थियो । खेलिरहेको समयमा आफ्नो कार्यालय स्थानान्तरण गरेको नगरपालिकालाई चालु आर्थिक वर्षभित्रै वैकल्पिक व्यवस्था गरेर केन्द्रको लागि भवन खाली गरिदिन उनले आग्रहसमेत गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
दाङमा तोरीको उत्पादन बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार