प्राकृतिक कारण तथा दुर्घटनामा परी २२ वन्यजन्तु मरे
नेपालबहस संवाददाता
माघ २२, २०७७ बिहिबार १४:३३:२१
२२ माघ, चितवन । वन र राजमार्ग क्षेत्रमा प्राकृतिक कारण तथा दुर्घटनामा परेर गत साउन यता २२ वन्यजन्तु मरेका छन् । यसै अवधिमा १८ जनावरलाई उद्धार गरिएको छ ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार एउटा पाटे बाघ, तीन बँदेल र बाँकी चित्तल मरेका हुन् । वास्तविक तथ्याङ्क नराखिए पनि ४० प्रतिशत हाराहारी टिकौलीस्थित पूर्व पश्चिम राजमार्गमा सवारीको ठक्करबाट मारिएका हुन् । उमेर पुगेर, बाघको आक्रमणबाट, एकापसमा जुधेर पनि मरेका उनले जानकारी दिए ।
यसै अवधिमा विभिन्न ठाउँबाट १८ जनावरलाई उद्धार गरिएको छ । चित्तल, बँदेल, रतुवा, मृग, अजिङ्गर, जरायो, मलछाप्रोजस्ता जनावरलाई उद्धार गरिएको हो । लडेर घाइते भएका, जुधेर घाइते भएका, पासोमा परेका जनावरलाई उद्धार गरिएको उहाँले बताउनुभयो । घाइते जनावरलाई पशु चिकित्सक डाकेर उपचारसमेत गरिएको छ । सामान्य घाइतेलाई निगरानीमा राखेर उपचारपछि बथानमा छाड्ने गरिएको छ ।
गत आर्थिक वर्षमा यसै क्षेत्रमा ३१ वन्यजन्तु मरेका थिए । सोमध्ये एउटा गैँडा र एउटा पाटेबाघ पनि रहेका थिए । त्यसै अवधिमा १६ जनावरलाई उद्धार गरिएको थियो । बरन्डाभार क्षेत्रमा दुवैपट्टि वन र बिचमा राजमार्ग रहेको छ । जनावर आवतजावत गर्दा दुर्घटना हुने गर्दछ ।
जिल्लामा ४३१ वटा कबुलियती वन, ९३ सामुदायिक वन, एउटा बरन्डाभार संरक्षण वन र पाँच धार्मिक वन रहेका छन् । टिकौलीपछि धेरै सवारी साधन आवतजावत हुने वन क्षेत्र नारायणगढ–मुग्लिन सडकखण्डको रामनगर क्षेत्र हो । सो क्षेत्रमा वन्यजन्तु आवतजावत गर्न सडकमुनि पुलको व्यवस्था गरिएको छ । गत वर्षहरुमा सो सडकमा वन्यजन्तु मरेका भए पनि यस वर्ष कुनै दुर्घटना नभएको खनालको भनाइ छ । टिकौलीमा बिग्रिएका सिसी क्यामेरा मर्मत गर्न सकिएमा दुर्घटनामा कमी आउने उहाँले जानकारी दिए ।
यसअघि दाताले क्यामेरा जडान गरिदिएको भए पनि मर्मतसम्भार हुन नसक्दा थन्किएका छन् । सिसी क्यामेरा हुँदा दुर्लभ वन्यजन्तुको सुरक्षासँगै आपराधिक गतिविधि रोक्नसमेत सहयोग पुगेको थियो । जिल्लाका राष्ट्रिय वनअन्तर्गतका क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जमा पाइने अधिकांश जनावार रहेका छन् । टिकौलीमा वन क्षेत्र पार गर्दा समय काड लागू गरेमा दुर्घटनामा कमी आउने खनाल बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदुरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प
असोज २, २०८१ बुधबार
लगातारको वर्षापछि महाकाली नदीको जलसतह उच्च
भदौ २८, २०८१ शुक्रबार
बागलुङमा बाढीपहिरोमा अठार जनाको मृत्यु, २२ घाइते
भदौ २७, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
कस्तो छ आजको मौसम ?
असोज ३, २०८१ बिहिबार
कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ?
असोज ३, २०८१ बिहिबार
एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकामाथि अफगानिस्तानको पहिलो जित
असोज ३, २०८१ बिहिबार
पितृ पक्षमा यस्ता संकेत देखिनु अशुभ, भूलवश पनि नगर्नुहोस् बेवास्ता !
असोज ३, २०८१ बिहिबार
मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार