आजदेखि कामना सेवाको ऋणपत्र बिक्रीमा, ब्याजदर कति ?
नेपालबहस संवाददाता
माघ २२, २०७७ बिहिबार १६:८:११
२२ माघ, काठमाडौं । आज (माघ २२ गते बिहीबार)देखि कामना सेवा विकास बैंकको ऋणपत्र बिक्री खुल्ला गरिएको छ । बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेकाे हाे।
बैंकबिक्री खुल्ला गरेको उक्त ऋणपत्रमा १ हजार रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो। कुल निष्काशन गरिने ऋणपत्रमध्ये ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्न लागेको हो। जसमा २० हजार कित्ता भने सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ।
बैंकले बिक्रीमा ल्याउन लागेको ऋणपत्रमा इच्छुक आवेदकहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्मको ऋणपत्र खरिदको लागि आवेदन दिन सक्नेछन्।
बैंकको ऋणपत्र खरिद गर्ने लगानीकर्ताले वार्षिक ९ प्रतिशतका दरले ब्याज पाउनेछन्। ब्याज भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ।
बैंकको ऋणपत्रमा छिटोमा माघ २६ गतेसम्म र सो अवधिमा सबै ऋणपत्र खरिदको लागि आवेदन नपरेको खण्डमा फागुन ६ गतेसम्म आवेदन गर्न पाउने व्यवस्था छ।
बैंकको ऋणपत्रमा आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र मेरो शेयरबाट समेत आवेदन दिन सकिनेछ।
ऋणपत्र निष्काशनका लागि गराएको रेटिङ्गमा बैंकलाइ केयर रेटिङ्ग नेपालले केयर आइआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१८ औं वार्षिकोत्सवमा गरिमा विकास बैंकका १८ काम
मंसिर ८, २०८१ शनिबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार