जनकपुरमा झडप हुँदा पूर्वमन्त्रीद्वय यादव र झा घाइते
नेपालबहस संवाददाता
माघ २२, २०७७ बिहिबार २१:१६:५
२२ माघ, जनकपुर । प्रहरीको लाठीचार्जबाट जनकपुरमा नेकपाको दाहाल-नेपाल समुहका पूर्वमन्त्रीद्वय मातृका यादव र रामचन्द्र झासहित एकदर्जन नेता कार्यकर्ता घाइते भएका छन् ।
जनकपुरमा बजार बन्द गराउँदै हिँडेका उनीहरुलाई शिव चोकमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । झडपको प्रहरीले लाठी चार्ज गर्दा यादव र झासहितका नेता कार्यकर्ताहरू घाइते भएका भएका हुन् ।
नेता झाको टाउकोमा चोट लागेको नेकपा जिल्ला सचिव दीपक यादवले जानकारी दिए । पूर्वमन्त्री यादव र नेता झासहितका घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ ।
घाइते हुनेहरूमा यादव र झासहित शिवकुमार गोइत, सुरेश कापर, कारीराम यादव, प्रदीप साह, रूपेश विराजी, उमेश साह, रंजित पांडे, अपराजय मण्डल, सुभाष मण्डल, विरजु विराजी रहेका छन् । प्रहरीको गाडीमाथि आक्रमण गर्न खोज्दा झडप भएको र झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै १ दर्जन राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बजार बन्द गराउन हिँडेका दर्जनौँ प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता महोत्तरी बर्दिबासमासमेत प्रहरीको लाठी चार्जबाट प्रर्दशनकारी घाइते भएका छन् । बर्दिवास नगरपालिका ३ का अध्यक्ष राजन ढुंगाना घाइते भएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
वीरगञ्जमा छठका सामान किनमेल गर्नेको घुइँचो
कात्तिक २१, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित
मंसिर २, २०८१ आइतबार
लमजुङ दरबार निर्माणकार्य ठप्प
मंसिर २, २०८१ आइतबार
देउवा दम्पती उग्रतारा मेलामा
मंसिर २, २०८१ आइतबार
आजको मौसमः कोशी र गण्डकीमा हल्का वर्षा हुने, तराई क्षेत्रमा हुस्सु
मंसिर २, २०८१ आइतबार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
मंसिर २, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
मंसिर २, २०८१ आइतबार