कानुन मान्दिनँ भनेर उपद्रो मच्चाएर हिँड्ने दिन गए : ओली
नेपालबहस संवाददाता
माघ २२, २०७७ शुक्रबार ०:५१:५१
२२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपाका दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धाकधक्कु लगाउने दिन गएको चेतावनी दिएका छन् । नेकपाको प्रचण्ड–माधव समूहले नियम तोड्ने, धाकधक्कु लगाउने र कानून मान्दिन भन्दै प्रहरी प्रशासन तथा निर्वाचन आयोगलाई धम्की दिदै हिँडेको उल्लेख गर्दै उनले अब ‘कानून मान्दिनँ’भन्ने जमाना गएको टिप्पणी गरेका हुन् ।
बिहीबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले भने, ती दिन गए जतिबेला तपाई संविधान मान्दिनँ, कानुन मान्दिनँ भनेर उपद्रो मच्चाएर हिँड्नुभएको थियो । साथै प्रचण्डले हामी यहाँ छौं भनेर अदालतलाई र निर्वाचन आयोगलाई धम्क्याएको ओलीले टिप्पणी गरे ।
आमहड्ताल आह्वान गरेर प्रचण्ड माधव समूहले जनतालाई दुःख दिएको र आफूहरु चाहिँ गाडी र मोटरसाइकलबाट जनताले पाएको दुखको तमासा हेर्दै हिँडेको ओलीले आरोप लगाएका छन् । उनले कार्यकर्ता नभई नेताहरु आफैं सडकमा उत्रिएको भन्दै व्यंग्य समेत गरेका छन् ।
साथै प्रधानमन्त्री ओलीले उच्च मनोबलसहित बहुमत ल्याउने ढंगले निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी र सरकारलाई काम गर्न नदिने केही व्यक्ति पार्टी छोडेर जादैमा आत्तिनुनपर्ने भन्दै ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउछौं भन्ने मनोबलका साथ अघि बढ्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले विवाद गर्ने र झगडा गर्नेहरुले पार्टी छोडेकाले अब आगामी दिनमा पार्टी आन्तरिक शुद्धिकरणसहित सुदृढ भएर अघि बढ्ने दावी गरेका छन् । ओलीले कम्युनिष्ट आन्दोलनका सबै भन्दा ठूला विरोधी प्रचण्ड माधव समूह भएको आरोप लगाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
मंसिर १, २०८१ शनिबार
धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ : प्रधानमन्त्री ओली
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
मंसिर १, २०८१ शनिबार
धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ : प्रधानमन्त्री ओली
मंसिर १, २०८१ शनिबार
रुकुममा बस अनियन्त्रित हुँदा नौ जना घाइते
मंसिर १, २०८१ शनिबार
महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
पर्यटकीय सम्भावना बोकेको जलजला ( फोटो फिचर )
मंसिर १, २०८१ शनिबार