दाङमा गाईपालन व्यवसाय बढदो क्रममा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
माघ २३, २०७७ शुक्रबार १६:५२:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/Cow-Farm_LpVpnlpu1y.jpg)
२३ माघ,दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ४४ वर्षीय चन्द्रबहादुर डाँगी व्यावसायिकरूपमा उन्नत जातका गाईपालन गरेर सफल व्यवसायीका रूपमा चिनिएका छन् ।
छोटो समयमा सफल उद्यमीका रूपमा आफूलाई चिनाउने डाँगीले अहिले दुई जनालाई आंशिक रोजगारी दिएका छन् । विगत चार वर्षदेखि सो पेशा अँगालेका डाँगीलाई अहिले घरपरिवारका तीन सदस्यले पनि दिनभर सहयोग गरिरहेका छन् । एक सफल व्यावसायिक गाईपालकरूपमा चिनिएका आजभोलि गाईका बाछाबाछीलाई स्याहार गर्ने कार्यमा निकै व्यस्त देखिन्छन् । उनले आफूले वार्षिक रु आठ लाख बचत गर्न सफल भएको बताएका छन् ।
नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत रहेका डाँगी पछिल्लो समय विसं २०५५ मा जाजरकोटको रक्दा इलाका प्रहरी कार्यालयमा प्रहरी सहायक निरीक्षक पदमा कार्यरत थिए । त्यस समयमा उनी तत्कालीन द्वन्द्वको समयमा नेकपा माओवादीले रक्दामा थापेको एम्बुसमा परी घाइते भएका थिए । घाइतेपछि लामो समयको उपचारपछि बाँचेको बताउने डाँगीले तत्कालीन सरकारले द्वन्द्वमा परी अशक्त, घाइते भएका सुरक्षाकर्मीलाई सेवाबाट अवकाश दिने नीति ल्याएपछि आफू विसं २०५९ मा सेवानिवृत्त भएको बताए ।
सोलगत्तै उनी रोल्पास्थित आफ्नो घरमा केही समयसम्म उपचार तथा आराम गरी बसेका थिए । त्यसपछि बसाइँ सरेर दाङको तुलसीपुरमा आएको उनले बताए । आफ्नो स्वास्थ्यमा सुधार आएपछि तुलसीपुरमा होटल पनि सञ्चालन उनले त्यसमा घाटा लागेपछि व्यवसाय छोडेर एक सहकारीमा संस्था जागिर खान शुरु गरेका थिए ।
सोही सहकारीमा बचत तथा ऋण प्रवाहमा काम गर्दा कृषि क्षेत्रमा राम्रो सम्भावना रहेको जानकारी प्राप्त गर्ने अवसर पाएपछि आफूले विसं २०७२ देखि साहारा पशुपालन फार्म खोलेर उन्नत जातको गाईपालन शुरुआत गरेको उनले बताए । शुरुका वर्षमा स्थानीय व्यक्तिको दुई बिघा जमिन वार्षिक रु १२ हजार भाडामा लिई रु एक लाख लगानीमा यो व्यवसाय शुरु गरेका डाँगीले एउटा जर्सीगाईपालन गरेर यो व्यवसायको शुरुआत गरेको बताए । अहिले फार्ममा चार जर्सी, १७ होलेस्टन, एउटा साहीवाल जातका गरी जम्मा २२ गाई र १० बाछाबाछी रहेको उनले जानकारी दिएका छन् ।
एउटा जर्सीगाईको मूल्य रु एक लाख, होलेस्टन जातको गाईको मूल्य रु दुई लाख र साहीवाल जातको गाईको मूल्य रु एक लाख ५० हजार पर्ने उनको भनाइ छ । अहिले दैनिक ८० देखि ९० लिटर दूध स्थानीय तुलसीपुरका डेरी उद्योगमा बिक्री गर्ने उनले केही दूध आफ्नै फार्मबाट स्थानीवासीले खरिद गरी लाने गरेको बताए । कोरोना भाइरस सङ्क्रमणका कारण केही महिनासम्म आफूले उत्पादन गरेको दूधले बजार नपाए पनि अहिले भने बजारका लागि कुनै समस्या नभएको उनको भनाइ छ । डाँगीले गाईको दूधका लागि मात्र नभई अहिले मलमूत्र लिनका लागि पनि बिहानैदेखि सर्वसाधारण घरमा आउने गरेको बताए ।
कम लगानीमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएकाले अहिले फार्ममा विभिन्न ठाउँबाट गाई हेर्न, जानकारी लिन तथा गाई खरिदका लागि समेत मानिस आउने गरेको उनले बताएका छन् । पढेलेखेका पैसा कमाउनकै लागि जागिर खानैपर्छ भन्ने
मान्यतालाई गलत हुने भनाइ राख्ने डाँगीले साँच्चिकै पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय गर्नुपर्ने उहाँको भनाई थियो ।
एयधभचभम द्यथ इचकयल क्ष्लायतभअज
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनको गाजर र चुकन्दर जर्मनी निर्यात
फागुन ४, २०८१ आइतबार
तोरीखेतीतर्फ आकर्षित हुँदै भद्रपुरका किसान
फागुन ३, २०८१ शनिबार
प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउन अभियान सुरु
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताः नेपाल र किर्गिस्तान खेल्दै
फागुन ५, २०८१ सोमबार
वित्तीय सुशासन जोखिम मूल्यांकन : दोधारा चाँदनी नगरपालिका नतिजाविहीन
फागुन ५, २०८१ सोमबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार
खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति
फागुन ५, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ५, २०८१ सोमबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार