रंगेहात पक्राउ परेका सशस्त्र हबल्दारलाई डीएसपीको संरक्षण
नेपालबहस संवाददाता
माघ २३, २०७७ शुक्रबार १८:०:४६
२३ माघ, महोत्तरी। सशस्त्र प्रहरी बलको महोत्तरीस्थित रामनगर बेस अख्तियारको नजरमा परिरहेको छ । केही महिना अघि चौहान थरका सशस्त्र प्रहरीलाई पनि घुस लिदै गर्दा अख्तियारले रंगेहात पक्राउ गरेको थियो । गत सोमबार पनि अख्तियारले सोही बेसमा घुमुवाको रूपमा कार्यरत हवल्दार श्रवण बस्नेतलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी वरिष्ठ हवल्दार श्रवण बस्नेतले घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको अवस्थामा पक्राउ परेका हुन् । सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले निज वरिष्ठ हवल्दार श्रवण बस्नेतलाई सेवाग्राहीसँग रु १५ हजार अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित उक्त नगरपालिकाको निगौल चोकबाट ना.१ झ ६८४ नं.को गाडीसहित गत माघ १९ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताएका छन् ।
सशस्त्रका डीआईजी चन्द्रप्रकाश गौतमले मातहतका सबै घुमुवा बाहिनीमा तानेको भनिएपनि रामनगर बेसका घुमुवा बस्नेत किन तानिएनन् ? बस्नेतलाई डीआईजी गौतमले विश्वास गरि महोत्तरी गणबाट बाहिनीमा ल्याई प्रशासनको जिम्मेवारी दिएका डीएसपी भीम बिष्टले संरक्षण गरिरहेका थिए । जसको कारण उनी बाहिनीमा तानिएका थिएनन् ।
बिष्ट महोत्तरी गणमा कार्यरत रहँदा बस्नेत गणका तत्कालीन एसपी निरकृष्ण अधिकारीको बडीगार्ड थिए । त्यही सम्बन्धको कारण बिष्टले बस्नेतलाई घुमुवा भए पनि बाहिनीमा नतानी संरक्षण गरेका थिए । पहिले उक्त बेसमा आलम थरका घुमुवा थिए । बिष्टको दवाबमा बेसका निरीक्षक नन्दराज राईले आलमलाई हटाएर बस्नेतलाई घुमुवा राखेका थिए ।
मिशन गईसकेका र पेन्सन समेत भईसकेका बस्नेत अन्ततः अख्तियारको पक्राउमा परे । डीआईजी गौतमले निरीक्षक राईलाई हटाएर ९ नम्बर गणकै निरीक्षक गणेश सिहं थारूलाई पठाएका छन् । निरीक्षक मात्रै होइन बेसको पुरै सेट परिवर्तन गरिएको छ । राईको दरवन्दी धनुषास्थित ८ नम्बर गण हो । रामनगर बेस आर्थिक रूपमा राम्रो भएको कारण टेण्डरमा निरीक्षक पठाउने परम्परा रहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सरकारले फिर्ता लियो भाषा विधेयक
माघ ११, २०८१ शुक्रबार
एक महिना पछि कटहरिया नगरपालिकाको ताला खुल्याे
माघ ११, २०८१ शुक्रबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
आलोचना नै आलोचनाका बीचमा सबैको मन जितेकी लुम्बिनीकी सांसद गिरी
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार