विश्व अर्बुदरोग दिवस, न्यूनीकरणका लागि सचेतना जगाउने
नेपालबहस संवाददाता
माघ २३, २०७७ शुक्रबार १७:१४:१४
२३ माघ,कनकाई । विश्व अर्बुदरोग दिवसको अवसर पारेर झापाको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा सो रोगविरुद्ध झापा घोषणापत्र जारी गरिएको छ । क्यान्सर रोग न्यूनीकरणका लागि सचेतना जगाउने उद्देश्यले स्थानीय सरोकार पक्षको उपस्थितिमा अस्पतालले आयोजना गरेको विशेष कार्यक्रममा प्रतिबद्धतासहित पाँचबुँदे झापा घोषणापत्र जारी गरिएको हो ।
जारी घोषणापत्रमा अर्बुदरोग क्यान्सर रोगविरुद्ध सचेतना फैलाउने, वातावरण स्वच्छताको विषयमा कार्यक्रम सञ्चालन गर्ने, क्यान्सरविरुद्ध प्रचार गर्ने, अस्पतालसंँग सहकार्य गरेर स्वास्थ्य शिविर सञ्चालन गर्ने तथा झापामा रोगीको संख्या न्यून बनाउन सबै पक्षसँग हातेमालो गर्ने गरी पाँचबुँदे घोषणापत्र जारी गरिएको हो ।
पूर्वाञ्चल क्यान्सर अस्पताल र वीरता लेडी जेसीजको आयोजनामा जिल्ला तथा नगर स्वास्थ्य प्रमुख, अस्पतालका चिकित्सक, सञ्चार क्षेत्र र युवाको संस्था रोट्रयाक्ट क्लबका प्रतिनिधिसहितको उपस्थितिमा भएको अन्र्तक्रिया बाट आएको साझा धारणालाई घोषणापत्रको रुप दिएको हो ।
क्यान्सर रोग कसरी लाग्छ, क्यान्सर लाग्न नदिन के गर्ने, रोग लागेपछि उपचार को विधि र प्रक्रिया कस्तो हुन्छ, लागुपदार्थ र क्यान्सर रोगको सम्बन्धलगायत विषयमा अन्र्तक्रिया भएको थियो । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाई, मेडिकल डाइरेक्टर एवं क्यान्सर रोग विशेषज्ञ डाक्टर वीरेन्द्र यादव, क्यान्सर तथा स्त्रीरोग विशेषज्ञ डा प्रियङ्का कटुवाल, इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख सन्तोष आचार्य, जिल्ला जनस्वास्थ कार्यालयका प्रमुख जीवन चौलागाईं, विर्तामोड नगर स्वास्थ्य प्रमुख तुलसी पोखरेल, पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणी सापकोटा, वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्य र रोट्रयाक्ट क्लब विर्तामोड सिटीका उपाध्यक्ष सालु कोइरालाले प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमति
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार
‘बर्थिङ सेन्टर’मा सुत्केरीको बिचल्ली
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार