पशुमा देखा परेको ‘लम्पी स्कीन’ रोग विस्तारै हट्दै
नेपालबहस संवाददाता
माघ २३, २०७७ शुक्रबार १८:५:६
२३ माघ,इलाम । केही महीनाअघि पशुमा देखा परेको ‘लम्पी स्कीन’ रोग पछिल्लो समय आफैँ नियन्त्रणमा आउन थालेको छ । गएको असारदेखि देखापरेको यो रोग पछिल्ला दिनमा कतै पनि देखा परेको छैन ।
रोग देखा परेपछि सरकारी संयन्त्र प्रयोग गरेर किसानलाई जनचेतना जगाइएको थियो । रोग आफैँ नियन्त्रणमा आएको पशु विज्ञ र प्राविधिकको भनाइ छ । रोग लागेपछि गाईवस्तुका शरीरका विभिन्न भागमा सानाठूला गिर्खा देखिने, मुखबाट फिँज निकाल्ने, उच्च ज्वरो, कचेरा र सिंगान बग्नेजस्ता लक्षण देखा पर्छ । रोगले चापेपछि पशुको मृत्युसमेत हुन्छ ।
मृत्यु नभए पनि दूध घट्ने हुन्छ । रोग नियन्त्रणका लागि खोप वा औषधि छैन । त्यसैले विभिन्न उपाय अपनाएर रोग लाग्नै नदिने उपाय रचेर किसानलाई सचेत गराइएको थियो ।
मलमूत्र व्यवस्थापन गर्ने र झिँगा, लामखुट्टे बस्न नदिने उपायबारे किसानलाई सचेत गराइएको भेटिनरी अस्पताल पशुसेवा विज्ञ झापाले जनाएके छ । फोहोर ठाउँमा रोगले बढी आक्रमण गर्ने भएकाले झिँगा, लामखुट्टेबाट सर्ने सम्भावना धेरै हुन्छ । जिल्लाका चार स्थानीय तहमा रोग देखा परेको थियो ।
प्रदेश १ का मोरङ, झापा र सुनसरी प्रदेश २ को रौतहट र वाग्मती प्रदेशका चितवन र मकवानपुरका पशुमा रोग देखा परेको थियो । विस्तारै अन्य जिल्लामा पनि देखा परेको हो । पशुको किनबेच, ओसारप्रसार र कीटाणु फैलाउने जीवका कारण रोग फैलिएको थियो ।
रोग देखिएपनि निदानको उपचार नहुँदा किसान र चिकित्सक चिन्तित भएका थिए । अझै पनि रोग पूर्णरूपमा हटिसकेको भन्न नसकिने चिकित्सकहरु बताउछन् । मौसमी फ्लु भएकाले कुनै मौसममा फेरि देखापर्ने सम्भावना हुन्छ । रोग लागेर निको भए पनि पशुबाट फाइदा लिन गाहे छ । असी प्रतिशतसम्म दूधमा हस आउँछ । लैनो गाईमा रोग देखापरेमा किसानले आर्थिक भार बढी पर्छ ।
यो रोग कुन ठाउँबाट सर्न थाल्यो त्यसके पत्ता लागेको छैन तर सीमा क्षेत्रका जिल्लामा देखा परेकाले भारतबाट सरेको आँकलन गरिएको थियो । यसै समयमा नेपालमा कोभिड–१९ देखा परेको थियो ।
सरकारले बन्दाबन्दी गरेपछि सीमामा पशु आवातजावतसमेत घट्यो । त्यसले केही हदसम्म रोग नियन्त्रणमा आएको चिकित्सक बताउछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
दाङमा तोरीको उत्पादन बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार