मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमावली पारित
नेपालबहस संवाददाता
माघ २३, २०७७ शुक्रबार १८:११:५४
२३ माघ,काठमाडौं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौँडामा सम्पन्न तेस्रो सभाले तीन नियमावली पारित गर्नुका साथै विभिन्न निर्णय गरेको छ । सभाको हिजो बसेको बैठकले प्रतिष्ठानको ऐनमा समेत संशोधनको प्रस्ताव पारित गरेको छ ।
आदिवासी, सीमान्तकृत, अल्पसङ्ख्यक र दलितमध्येबाट एक जना महिलासहित सभाको सदस्यमा मनोनीत गर्नुपर्ने व्यवस्थाअनुसार मकवानपुरगढी गाउँपालिकाकी रमिला घलानलाई सभाको सदस्यमा मनोनीत गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको थियो ।
प्रतिष्ठानको बिहीबार सम्पन्न तेस्रो सभाले कर्मचारी र शिक्षकको सेवा, शर्त र सुविधासम्बन्धी नियमावली पारित गरिएको बताइएको छ । चालु आर्थिक वर्षबाट तीनवटा शैक्षिक कार्यक्रम सञ्चालनको तयारीमा रहेको प्रतिष्ठानले सो प्रतिष्ठानमा नियुक्ति भई कार्य गर्ने प्राध्यापकको तलब स्केल पनि निर्धारण गरेको छ । सभाले जनशक्ति तथा व्यवस्थापनसम्बन्धी मापदण्ड पनि पारित गर्ने निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार