हुम्लामा हिमपात हुँदा नेपालगञ्ज र सुर्खेत पुग्ने यात्रु अलपत्र
नेपालबहस संवाददाता
माघ २३, २०७७ शनिबार १:२४:३३
२३ माघ, सिमकोट । हिमाली जिल्ला हुम्लामा बिहीबार रातिदेखि हिमपात हुँदा आज बिहानबाट अन्तर जिल्ला जोड्ने एक मात्र हवाई यातायात अवरुद्ध भएको छ । बिहीबार राति १२ः०० बजेदेखि जिल्लामा हिमपात हुँदा सिमकोट विमानस्थल अवरुद्ध भएको हो ।
बिहान विमानस्थलको धावनमार्गमा जमेको बाक्लो हिउँ दिउँसो गाडीले पन्छ्याए पनि निरन्तर हिमपात र हावाहुरीका कारण नेपालगञ्ज तथा सुर्खेतबाट उडान हुन नसकेको सिमकोट विमानस्थलले जानकारी दिएको छ । विकट हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई यातायत अवरुद्ध हुँदा नेपालगञ्ज र सुर्खेतबाट जिल्ला पुग्ने यात्रु अलपत्रमा परेका छन् भने हुम्लाबाट जिल्ला बाहिर जाने यात्रुसमेत सिमकोटमै रोकिएका छन् ।
यस्तै जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकामा तल्लो क्षेत्रभन्दा बढी हिमपात भएको छ । बिहीबार रातिको हिमपातले उत्तरी हिल्सामा आवतजावतसमेत ठप्प हुनुका साथै चिसो अत्याधिक बढेको सशस्त्र प्रहरीको बिओपी हिल्साले जानकारी दिएको छ ।
हिँउदको समय कट्नै लाग्दा माघमा परेको हिमपातका कारण गाउँबस्ती मात्र नभई अग्ला हिमाल, डाँडाकाँडा, वनजङ्गल हिउँले सेताम्य र मनमोहक देखिएका छन् भने यहाँका कृषक खुसी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार