तनहुँमा लक्ष्यभन्दा १०९ प्रतिशत बढीले लगाए काेभिड खोप
नेपालबहस संवाददाता
माघ २५, २०७७ आइतबार १४:२२:४४
२५ माघ , दमौली । तनहुँमा लक्ष्यभन्दा १०९ प्रतिशत बढीले कोभिडविरुद्धको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार शनिबारसम्म एक हजार ८३० जनाले कोभिडविरुद्धको खोप लगाएका हुन् । कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले एक हजार ६४ महिला र ७६६ पुरुषले कोभिड खोप लगाएको जानकारी दिए ।
उनका अनुसार खोप अभियानको ११औँ र अन्तिम दिन शनिबार ४७ महिला र २१ पुरुष गरी ६८ जनालाई खोप लगाइएको छ । जिल्लामा एक हजार ६७९ लाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य थियो ।
यसअवधिमा ६७७ स्वास्थ्यकर्मी, २३८ स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, ३३० महिला स्वास्थ्य स्वयंसेविका, २७ सरसफाइकर्मी, १६ एम्बुलेन्स तथा शववाहन चालक, आठ शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, २५५ वृद्धाश्रममा रहेका व्यक्ति र २७९ जेलमा रहेका कैदीबन्दी तथा सुरक्षाकर्मीलाई खोप लगाइएको छ । “खोप लगाएकालाई सामान्यबाहेक अन्य जटिल लक्षण देखिएको छैन”, अधिकारीले भने । उनका अनुसार खोप लगाएकालाई पुनः चार हप्तापछि अर्को खोप दिइनेछ ।
कार्यालयका अनुसार व्यास नगरपालिकाका ६४३, म्याग्दे गाउँपालिकाका ६४, ऋषिङ गाउँपालिकाका ६७, शुक्लागण्डकी नगरपालिकाका १८८, भीमाद नगरपालिकाका १२७, घिरिङ गाउँपालिकाका ६०, भानु नगरपालिकाका १३६, बन्दीपुर गाउँपालिकाका १२४, आँबुखैरेनी गाउँपालिकाका ८७ र देवघाट गाउँपालिकाका ३३४ लाई खोप लगाइएको छ ।
गण्डकीमा १८ हजार ४७२ लाई खोप
गण्डकी प्रदेशमा १८ हजार ४७२ लाई खोप लगाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १७ हजार १९५ लाई खोप लगाउने लक्ष्य भए पनि लक्ष्यभन्दा बढीलाई खोप लगाइएको छ ।
स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माका अनुसार कास्कीमा सात हजार १३३, गोरखामा एक हजार ५५९, नवलपुरमा ९६०, पर्वतमा एक हजार ३०, बागलुङमा एक हजार ७२९, मनाङमा १६१, मुस्ताङमा २२६, म्याग्दीमा ८९४, लमजुङमा एक हजार ४५० र स्याङ्जामा एक हजार ४९६ लाई खोप लगाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार