नयाँ सोचका कारण प्रधानमन्त्री सबैभन्दा अब्बल नेता : मुख्य सल्लाहकार रिमाल
नेपालबहस संवाददाता
माघ २५, २०७७ आइतबार १८:११:२३
२५ माघ,काठमाडौं । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले रेलमार्ग र सुरुङ निर्माण जस्ता ठूला पूर्वाधार विकास र समृद्धिको सोचका कारण प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा देशभर आकर्षण रहेको बताएका छन् ।
समकालीन नेताहरुमा समृद्धि र विकासका लागि नयाँनयाँ योजना र कार्यक्रम ल्याउन सक्ने सोचका आधारमा ओली सबैभन्दा अब्बल भएको उनको तर्क छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा नुवाकोट –काठमाडौँ सम्पर्क मञ्चको शनिबार आयोजित कार्यकर्ता भेलामा नेकपा स्थायी कमिटीका सदस्य रिमालले शुक्रबार काठमाडौँमा आयोजित पार्टीको जनसभामा देखिएको उत्साहजनक उपस्थितिले पनि अध्यक्ष एवं प्रधानमन्त्री ओलीका पक्षमा कार्यकर्ता र जनताको समर्थन देखिएको बताए । उनले केरुङ–काठमाडौँ रेलमार्गको सर्वेक्षण, गल्छी –त्रिशूली सडकको स्तरोन्नति, टोखा छहरे–सुरुङमार्गको परिकल्पना आदि राष्ट्रियता महत्वका आयोजनाका कारण नुवाकोट सामरिक महत्वको जिल्लाका रुपमा विकास भएकाले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानमा पार्टीलाई विजयी गराउन आग्रह गरेका थिए ।
नेता रिमालले निर्वाचन चिह्न र पार्टीको आधिकारिता ओली नेतृत्वकै पार्टीले पाउने र तोकिएको मितिमा निर्वाचन हुने बताउँदै निर्धक्क भएर त्यसको तयारीमा लाग्न आग्रह गरेका छन् ।
त्यस्तै नेकपा वाग्मती प्रदेश कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले अस्थिरता र अराजकताविरुद्ध प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गराई निर्वाचन घोषणा गरेकाले पार्टीमा विवाद सिर्जना गरेर विरोध गर्नेहरुको आन्दोलनमा जनताको साथ नरहेको जिकिर गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार