दर्ता गर्ने प्रक्रिया झन्झटिलो हुँदा धुपी तेल उद्योग बन्द
नेपालबहस संवाददाता
माघ २५, २०७७ आइतबार १९:३१:१८
२५ माघ, फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ घुन्सामा अवस्थित धुपी तेल उद्योग १० वर्षदेखि बन्द छ । विसं २०६४ मा स्थापना भएको सो उद्योग बन्द भएको बताइएको छ । हिमाली क्षेत्रमा पाइन धुपीलाई प्रशोधन गरेर तेल उत्पादने लक्ष्य लिइएको थियो । उद्योग बन्द भएको १० वर्ष भएको उद्योग सञ्चालक पेमा शेर्पाले जानकारी दिए ।
उनले उद्योग स्थापना भएको करीब तीन वर्ष सञ्चालनपछि बन्द गर्ने अवस्था आएको बताए । स्थापन भएदेखि २३० लिटर मात्र तेल उत्पादन भएर बन्द भएको हो । स्थानीयवासीको आयआर्जन गर्ने उद्देश्यले कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिद्षले २०६४ सालमा उद्योग स्थापनाको लागि आश्यक सामग्री आंैजार समूहलाई हस्तान्तरण गरेको थियो ।
उद्योग दर्ता प्रक्रियाको लागि घरेलु तथा साना उद्योग कार्यालयमा आश्यक कागजातसमेत बुझाएको सञ्चालक शेर्पाले बताए ।फुङलिङबाट उद्योग भएको स्थान घुन्सा पुगेर फर्किन कम्तीमा ७ दिन पैदल हिँड्नुपर्छ । कार्यालयले प्राविधिकलाई अवलोकन गर्न जाँदा लाग्ने सबै खर्च उद्योग सञ्चलकले गर्नुपर्ने भनेपछि आफूसँग प्राविधिकलाई दिने पैसा नभएको उद्योग सञ्चालक शेर्पा बताउँछन् ।
उनका अनुसार विपन्न तथा आर्थिक अवस्थाले कमजोर १३ व्यक्तिले धुपी सङ्कलन गर्न अनुमति पाएका थिए । सङ्कलित धुपी प्रति किलो सात रुपैयाँमा उद्योगले खरीद गर्दै आएको थियो । धुपी सङ्कलन गरेबापत प्रति किलो एक रुपैयाँ सामुदायिक वनको कोषमा जम्मा गर्नुपर्ने प्राबधान रहेको थियो ।
उद्योगमा उत्पादन भएको धुपी तेल बिक्री तथा बजारको लागि काठमाडाैं सम्म धुपी तेल लानुपर्ने शेर्पाले बताए। काठमाडौँमा एक लिटर तेलको तीन हजार ५०० मा बिक्री हुने शेर्पाले बताए । धुपी तेल विभिन्न सुगन्धका लागि सेन्ड, मालिस तेल, मगमगाउने धुपी, विभिन्न अगर बत्तीमा प्रयोग हुने गर्दछ । धुपीको तेल विभिन्न देशबाट पनि माग आउने गरेको शेर्पाले बताए ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम संयोजक जीतेन चेम्जोङले उद्योगलाई आवश्यक सामग्री उपलब्ध गराएको जानकारी दिए ।उद्योग सञ्चालन गर्न आवश्यक उपकरण निःशुल्क उपलब्ध गराएर पनि दर्ता गरेर सञ्चालन गर्न नसक्नु सञ्चालकको कमजोरी भएको उनले बताए । घरेलु कार्यालयका सूचाना अधिकारी निजा भट्टराईले केही वर्ष अगाडि उद्योगको अवलोकन गर्न जाँदा उद्योग सञ्चालकले खर्च गर्नुपर्ने अवस्था आएको बताए । उनले भने, “तर अहिले उद्योग अवलोकन र प्राविधिक प्राविधिक खर्च उद्योग कार्यालयले गर्दछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लहान एक्पो’ मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
जेठ १४, २०८१ सोमबार
आर्थिक मन्दीको असरले रुपन्देहीमा २०७ उद्योग बन्द
जेठ १४, २०८१ सोमबार
भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
बेनी बजारको घना बस्ती
जेठ १६, २०८१ बुधबार
अग्ला हिमालको सुरक्षा चुनौति बनिरहेको छः प्रधानमन्त्री
जेठ १६, २०८१ बुधबार
‘विश्वको साझा सम्पत्ति सगरमाथा जोगाऔँ’
जेठ १६, २०८१ बुधबार
भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी हुँदै
जेठ १६, २०८१ बुधबार
७१ औँ अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा प्रभातफेरी [ फोटोफिचर ]
जेठ १६, २०८१ बुधबार
न्यायाधीश सुवेदी र शर्माको इजलासमा पर्यो कोशी सरकारविरुद्धको रिट
जेठ १६, २०८१ बुधबार