पक्की घर पाउँदा हर्षित माझी बस्ती
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
माघ २५, २०७७ आइतबार २०:८:४४
![](https://nepalbahas.prixacdn.net/media/albums/4S3KemDPev1Tps1f0sL5_GPM5juq7VD.jpg)
२५ माघ,काठमाडौं । प्रदेश सरकारको सहयोगमा माझी बस्तीमा पक्की घर बनेपछि स्थानीयहरुमा खुशी छाएको छ । “यो घर हामीलाई नै देको हो र मलाई त सपना जस्तै लागेको छ ” रामेछापको खाँडादेवीस्थित सुनकोशी नदी किनारमा लहरै बनाइएका राता घरको नवनिर्मित माझीबस्तीको एक घरको आगनमा बस्नुभएकी २३ वर्षीया कान्छी माझी पक्कीघरमा बस्न पाउने कुराले हर्षविभोर थिईन् ।
आफ्नो एक वर्षीय छोरालाई काखमा लिएकी उनलाई छोरा भाग्यमानी भएकोले राम्रो घरमा बस्न पाएको होकी जस्तो पनि लागेको छ । पहिला सानो सेउले घरमा बस्दै आएको उनको परिवारले वाग्मती प्रदेश सरकार र गाउँपालिकाले निर्माण गरिदिएको दुई कोठा, स्नानघर र शौचालयसहितको पक्की घर पाएको छ ।
उनी जस्तै सोमबहादुर माझी पनि घर पाएकोमा धेरै औधी खुशी भएका छन् । “सरकारलाई धन्यवाद, पहिला हामी अव्यवस्थित रुपमा बस्थ्यौं । जग्गा जमीन पनि थिएन । डुङ्गा चलाउने पुर्खौंली पेशा पनि पुल बनेदेखिनै लोप भएको थियो । खोलामा माछा पाउन छाडेकाले माछामार्ने व्यवसायले पनि गुजारा चल्दैन थियो । घर बनाउने बारेमा त सोच्नसक्ने अवस्थै थिएन । सरकारले घर बनाइदियो । अब, होम स्टे सञ्चालन गर्न सघाउने भनेको छ । हामी पनि मेहनत गर्छौ, घुम्न आउनेलाई डुङ्गामा सुनकोशी घुमाउछौं, माछाका परिकार खुवाउछौं, लहरे आँपको जुस खुवाउँछौँ” उनले भने ।
खाँडादेवी गाउँपालिकासँगको सहलगानीमा प्रदेश सरकारले निर्माण गरेको माझीबस्ती रामेछाप जिल्लामा परे पनि बिपी मार्गको सिन्धुलीमाडी र धुलिखेलको समदूरीमा पर्छ । धुलिखेल वा सिन्धुलीको माडी बजारबाट बढीमा एक घण्टा ३० मिनेटको मोटर यात्रामा पुगिने मूल्कोटबाट सुनकोशी नदीमा रहेको झोलुङ्गे पुल तरेपछि पाँच मिनेटको पैदलयात्रामा पुगिने माझीबस्तीमा प्रस्तावित मध्यपहाडी लोकमार्गको निर्माणाधीन बाटो भएर हरेक प्रकारका मोटर पु¥याउन सकिन्छ ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बस्तीमा रहेका माझी समुदायको आयस्तर वृद्धि हुनेखालका कार्यक्रम तत्काल लागू गरिने बताएका छन् । शनिबार माझीबस्तीको उद्घाटन गर्दै उनले गरीबी निवारण, विकास र समृद्धि प्रदेश सरकारको मुख्यध्येय रहेको धारणा राखे । माझी समुदायको कला, संस्कृति र परम्परागत पेशाको संरक्षण र प्रर्वधन गर्न सके पर्यटन आकर्षित गर्न सकिने उनको भनाइ थियो ।
उनको प्रदेश सरकारले घरविहीन हरेक नागरिकलाई सुरक्षित आवास उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रामेछापको खाँडादेवी गाउँपालिका–३ डफ्काको माझी गाउँमा प्रदेशको भूमि व्यवस्था, कृषी तथा सहकारी मन्त्रालय र खाँडादेवीको संयुक्त लगानीमा एकीकृत नमूनाबस्ती तयार भएको हो । एकीकृत बस्तीमा ४२ घर, सामुदायिक भवन, खेलमैदान लगायतका संरचना तयार भएको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारको रु एक करोड ५० लाख र गाउँपालिकाको रु ७५ लाख गरी जम्मा रु दुई करोड २५ लाखको लागतमा बस्ती निर्माण भएको खाँडादेवीका अध्यक्ष प्रेम तामाङले बताएका छन् ।
कार्यक्रममा मुख्यमन्त्री पौडेलका साथै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा लगायतकाको सहभागिता रहेको थियो । एकीकृत बस्तीमा ४२ दुई कोठे घर र शौचालय छन् । त्यस्तै सामुदायिक भवन, खेल मैदानलगायतका संरचना पनि निर्माण गरिएको छ । स्थानीय माझी समुदायको २६ रोपनीमा बस्ती बनेको हो । बस्तीलाई होम स्टेको रुपमा विकास गरी सुनकोशी नदीमा डुङ्गा तथा ¥याफ्टिङसमेत सञ्चालन गरेर पर्यटकलाई आकर्षित गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो
माघ २६, २०८१ शनिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभाको बैठक : चार विधेयक प्रस्तुत
माघ २३, २०८१ बुधबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
चन्द्रागिरि नगपालिकाले गरेका असल अभ्यास अनुकरणीय छन् : विश्व बैंक निर्देशक भर्गीस
फागुन ५, २०८१ सोमबार
काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित शहर, दिल्ली शीर्ष स्थानमा
फागुन ५, २०८१ सोमबार
विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण
फागुन ५, २०८१ सोमबार
बारामा सुधार केन्द्रभित्रै कुटपिट गरी एक युवाको हत्या
फागुन ५, २०८१ सोमबार
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताः नेपाल र किर्गिस्तान खेल्दै
फागुन ५, २०८१ सोमबार