भट्टको बलात्कारी र हत्यारालाई कार्वाही गर्न कोइरालाको माग
नेपालबहस संवाददाता
माघ २५, २०७७ आइतबार २३:३४:२७
२५ माघ, काठमाडौं । सरकारको दर्बिलो उपस्थिति नहुँदा नेपालमा अहिले पनि किशोरी बलात्कार र हत्याका घटनाहरुमा कमी आउन सकिरहेको छैन् । निर्मला पन्तदेखि भागरथी भट्टसम्मका घटनाहरु सबै सुदूर पश्चिमका कलंकहरु हुन् ।
सुदूरपश्चिममा वर्तमानमा देखिएका एकपछि अर्को बलात्कार र हत्याका घटिरहेका घटनाहरु र यस्ता जघन्य र गम्भीर प्रकृतिका आपराधिक घटनाहरुमा वर्तमान सरकार कार्वाही गर्न डराई रहेको छ ? आफैमा आश्चर्य लागिरहेको छ । सिंगो प्रहरी प्रशासन किन अपराधीहरुलाई समातेर कानूनी कार्वाहीको कठघरामा उभ्याउन सकिरहेको छैन ? प्रशासन किन मौन बस्न बाध्य छ या पारिएको छ ? यो एउटा गम्भिर प्रकारको बिषय बनिरहेको देखिन्छ ।
सिंगो मुलुक हल्लाउने यस्ता खालका आपराधिक कृयाकलापमा वर्तमान सरकार कुनै पनि कार्वाही गर्न नसक्ने अवस्थामा रहेको कुरा बिगतमा निर्मला पन्तको बलात्कार र हत्या हुँदाको कहालीलाग्दो यथार्थता ज्यूँदै छ । फेरि अहिले बैतडी जिल्लाको चढेपानीमा भएको भागरथी भट्टको बलात्कार पछिको हत्याले मुलुकमा सरकार र प्रशासन नभएको झल्को दिएको छ । हत्यारा पत्ता लगाउन र कानूनी कार्वाही गर्न सरकारलाई केले छेकिरहेको छ ? आफैमा आश्चर्य लाग्दो बिषय बनिरहेको छ ।
यसै क्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले बैतडी, चढेपानी कि भागरथी भट्टको बलात्कारपछि भएको हत्याको घटनामा संलग्न अपराधीलाई तत्काल पक्राउ गरी कार्वाही गर्न सरकारसँग जोडदार रुपमा माग गरेका छन् । विगतमा निर्मला पन्तको हत्यारा र बलात्कारीले पाएको जस्तो उन्मुक्ति भट्टको अपराधीले नपाओस भन्दै सरकारलाई भट्टको बलात्कारी र हत्यारालाई तत्काल कार्वाही गर्दै नेता डा. कोइरालाले ट्विटरमार्फत लेखेका छन्, “बैतडी दोगडाकेदार वार्ड नं. ७ निवासी १७ बर्षिय भागरथी भट्टको विद्यालयबाट घर फर्कदै गर्दा बलात्कार र हत्याको खबरले मर्माहित भएको छु । उक्त घटनाका दोषीलाई कारवाही गर्न सरकारसँग माग गर्दछु । विगतमा निर्मला पन्त घटनाको जस्तो यसको दोषीले उन्मूक्ति नपाओस् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार
दाङमा बस दुर्घटना हुँदा १० यात्रु घाइते
जेठ ४, २०८१ शुक्रबार