२५०० माथि बन्द भएको बजारलाई विश्लेषण गरेर हेर्दा !
आर्थिक संवाददाता
माघ २५, २०७७ सोमबार ०:१२:३९
माघ २५, काठमाडाैं । दोश्रो बजारले आज निकै आकर्षक प्रवृत्ति बनाएको छ । नेप्से परिसूचक ४८ दशमलव ७४ अंकले वृद्धि हुँदै २५२४ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक १ दशमलव ९७ प्रतिशतले वृद्धि भएकोमा १० अर्ब ४४ करोडको शेयर कारोवार भएको छ ।
दोश्रो बजार २४८६ को विन्दुमा खुलेकोमा २५२४ को उच्च विन्दुसम्म पुगेको थियो । नेप्सेको आज न्यून विन्दु २४८६ रहेको छ । लघुवित्त कम्पनीहरुमा आज निकै आकर्षक वृद्धि देखिएको थियो । लघुवित्त उपसुचकमा सर्वाधिक ७ प्रतिशत भन्दा माथिको वृद्धि देखिएको थियो । वाणिज्य बैंक, विकास बैंक र म्युचअल फन्ड उपसुचकमा मात्र गिरावट आएको थियो । जीवन बीमा, निर्जीवन बीमा र हाईड्रोपावर उपसुचकमा पनि आकर्षक वृद्धि देखिएको थियो ।
बजार आज खुलेबाट नै वृद्धि भएको थियो । बजारको न्यून विन्दु र खुला विन्दु एउटै रहेको छ । त्यस्तै बजार ईण्ट्राडे हाईमा बन्द भएको छ । बजार बन्द हुँदा उच्च विन्दुमा बन्द भएको थियो । यसरी आजको बजारको कारोवार रकमदेखि बजारको ग्राफले पनि लगानीकर्ताको मनोबल एकदमै बलियो रहेको देखाउँछ । बजार वृद्धि हुँदा कारोवार रकमले पनि साथ दिनुलाई सकारात्मक मानिन्छ ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
दुर्गा प्रसाईंको मुद्दामा आज बयान र बहस हुने
मंसिर १२, २०८१ बुधबार