फुल्चोकी जंगलमा हराइरहेका २ जनालाई भेटियो
नेपालबहस संवाददाता
माघ २६, २०७७ सोमबार १८:२९:२२
२६ माघ,काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका ३ स्थित फुल्चोकी जंगलमा हराइरहेका २ जनालाई प्रहरीले उद्दार गरेको छ । उनीहरुलाई प्रहरीले सकुशल उद्दार गरेको हो ।
फुल्चोकी जंगल घुम्न गएका काठमाडौं कलंकी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका ६ घर भएका २१ वर्षीय प्रशान्त थापा र दोलखा मुलुं गाउँपालिका ३ घर भएका १९ वर्षीय सुरेश केसी हराएका थिए ।
उनीहरु हराएको सुचना प्राप्त गरेपछि महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ ललितपुरबाट खटिएको प्रहरीले खोजी गरेको थियो । उनीहरुलाई प्रहरीले गोदावरी नगरपालिका २ चापाखर्कमा अलपत्र रहेको अवस्थामा उद्दार गरी अभिभावकको जिम्मा लगाएको छ ।
जाडो समयमा हिउँ पर्ने कारण आन्तरिक पर्यटकको अत्यधिक घुँइचो हुने र बाटो बिराइ मानिसहरु हराउन गई मृत्यु समेत हुने गरेको बिगतको घटनाहरुलाई मध्यनजर गरी महानगरीय प्रहरी प्रभाग बाँडेगाउँले फुल्चोकी प्रवेशको मुख्य नाका गोदावरी बसपार्क नजिकै जाँच, पर्यटक बिबरण ईन्ट्रीलगायत गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार