पोर्चुगलमा शम्भु सिलवाल नेपाली संगीतका कार्यक्रममा व्यस्त
नेपालबहस संवाददाता
माघ २६, २०७७ सोमबार १९:५४:१३
२६ माघ, पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा छन् । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा सक्रिय सिलवाल विदेशी भूमि पोर्चुगल आएपछि प्रायःजसो नेपाली गीत, संगीतका कार्यक्रममा व्यस्त भइरहन्छ ।
नेपालीको सङ्ख्या अत्याधिक रहेकाले कार्यक्रम पनि लगातार भई रहन्छन् । उनलाई सङ्गीतको नशाले छाड्न सकेन तर पछिल्लो एक वर्षयता कोभिड–१९ का कारण कार्यक्रम ठप्प छन् । उनको गीतसङ्गीत र अभिनयप्रतिको मोह घटेको छैन । उनले यो समयमा लगभग आधा दर्जन म्युजिक भिडियो निर्देशन, सम्पादन गरेर युटुवमार्फत सार्वजनिक गरिसकेएको छ भने युरोपकै कथामा आधारित हैट युरोप टेलिशृङ्खला निर्देशन गरिरहेको छ ।
साथै उनले लोक दोहोरीको कार्यक्रम चौतारी र नेपाल बाहिरका नेपाली कार्यक्रम पनि उत्पादन गरेर युटुवमार्फत प्रसारण गरेको छ । जेबी ओली वैदेशिक रोजगारको सिलसिलामा छ वर्षयता पोर्चुगलमा छन् । नेपालमा हुँदा लोक तथा दोहोरी गायन क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक ओलीले आफू र आफ्नो परिवारको उज्वल भविष्य बनाउने सपना देखेर युरोपेली मूलुक बेल्जियममा साङ्गीतिक कार्यक्रममा आएका बखत यतै बस्ने निर्णय गरे ।
यतै बस्ने मन पटक्कै थिएन सङ्गीत क्षेत्रमा अस्वस्थ्य प्रतिस्पर्धाको कारण कलाकारिताको बजार नभएको र आफ्नो गुजारा चलाउन कठिनाई भएपछि मनलाई दर्हो बनाएर यतै बसेको उनी बताउँछन् ।
प्रवासी भएपछि आफ्नो रुचिको पेशालाई समय दिनै समस्या आएको उनले बताए । उनले शुरुशुरुमा आफ्नो काम, बसाइँ अनुमतिपत्र बनाउनतर्फ मेहनत गर्नुपर्यो । पोर्चुगलको बसाइँ अनुमतिपत्र बनेपछि आफ्नो कामबाट समय निकाल्दै साङ्गीतिक कार्यक्रममा सहभागी भएर आफ्नो गायन कला प्रस्तुत गर्न थालेको उनी बताउँछन् ।
दुई दर्जन बढी चर्चित लोकगित सङ्गीत पारखीको माझमा पस्कनुका साथै लाइभ दोहोरी प्रतियोगितामा प्रथम हुनुभएका गायक ओली पछिल्लो समयमा युरोपेलीमूलुक स्पेन, डेनमार्क, नर्वे, बेल्जियमलगायतका देशमा नेपाली समुदायले आयोजना गरेका विभिन्न कार्यक्रममा आफ्नो प्रस्तुति गर्दै आएको छ । उनी मञ्चमा कार्यक्रम हुन छाडेपछि भर्चुअल माध्यमबाट सङ्गीत प्रेमीको तिर्खा मेटाउँदै आएको छ । उनी पनि युटुब, टिकटक र फेसबुक लाइभमा व्यस्त छन् ।
उनी जस्तै रोल्पाकी अङ्किता मगरको सपना पनि युरोपको बसाइँ अनुमतिपत्र बनाउने सोचाइका साथ दुई वर्षसम्म नेपालमा सिकेको सङ्गीतलाई बिट मार्दै पाँच वर्ष पहिला विदेश पलायन भयो । हाल उहाँ पोर्चुगलमा छन् । उनी वैदेशिक रोजगारसँगै आफ्नो गायन पेशामा निरन्तर छन् । उनले एक दर्जन भन्दा बढी लोकगित र आधुनिक गित बजारमा ल्याइसकेको छ भने केही गीत पोर्चुगलमै रेकर्ड गरेर बजारमा आउँदैछन् । उनी पनि अहिले सामाजिक सञ्जालको प्रयोगमार्फत आफ्ना शुभचिन्तकलाई मनोरञ्जन दिँदै आफूले पनि सङ्गीतलाई निरन्तरता दिँदै आएको बताउँछन् ।
हार्मोनियम लिएर प्रायःजसो फेसबुक लाइभमा देखिने अर्का गायक पूर्ण अर्याल नेपालमा छँदा स्कुले जीवनबाटै अतिरिक्त कार्यक्रममा सहभागी हुँदाहुँदै गायन क्षेत्रमा लागेको थियो । अर्याल थुप्रै लोकदोहोरी गीति एल्बम निकाल्दै , प्रत्यक्ष प्रतियोगितामा सहभागी हुँदै आफ्नो कलाकारितामा सक्रिय भएर लागेको थियो ।
राजनीति र व्यवसायमा सक्रिय चिजकुमार तामाङ पोर्चुगलमा पुराना र सहयोगी व्यक्तिमा गनिन्छ । पछिल्लो समय कोभिड–१९ का कारण पोर्चुगलमा कार्यक्रम भएका छैनन् । उनी पनि अहिले प्रायःजसो सारङ्गी, मादल र हार्मोनियमसँगै फेसबुक प्रत्यक्ष प्रसारणमा नै देखिन्छ । कोभिडले त्रास र तनाब त छ्दैछ त भाषणको जिन्दगीबाट फुर्सदको यो समय उनको लागि छुट्टै आनन्दले बितिरहेको उनी बताउँछन् । स्कुले जीवनमा सिकेको सङ्गीत र व्यस्तताले गुमाउँदै गरेको रहर अहिले फेसबुकलाईभमार्फत पोख्न्नुको खुशी उनी बारम्बार व्यक्त गर्दै पुराना कालजयी गीत प्रस्तुत गरिरहन्छ ।
यी त पोर्चुगललाई कर्मथलो बनाएका कलाकार पात्रहरु मात्रै हुन । पोर्चुगलमा थुप्रै कलाकार छन् । कोभिड –१९ का कारण काम गुमाएर बस्ने नेपालीको सङ्ख्या अत्यधिक छ । यस्तो प्रतिकूल अवस्थामा कलाकारले आफ्नो कलालाई यसरी प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गराइरहदा दर्शकको उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रिया आएको उनीहरुले बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार