दोस्रो चरणको खोप अभियान शुरु,कस्ले लगाउन पाउने ?
नेपालबहस संवाददाता
माघ २६, २०७७ सोमबार २१:६:४३
२६ माघ,काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप दोस्रो चरणको अभियान आजदेखि सञ्चालन गरेको छ ।
पहिलो चरण यही माघ २४ गते सकाएपछि मन्त्रालयले आजदेखि दोस्रो चरणको खोप शुरु गरेको हो । दोस्रो चरणको खोप पत्रकार, कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारी तथा अग्रपङ्क्तिमा काम गर्ने सरकारी कर्मचारीलाई प्रदान गरिने छ ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाएपछि बचेको खोप नेपालस्थित कूटनीतिक नियोगका कर्मचारी, जिल्ला प्रशासन कार्यालय, मालपोल कार्यालय, नापी कार्यालय, स्थानीय तह, बैंकका कर्मचारी र पत्रकारलाई प्रदान गरिन थालेको हो ।
पहिलो चरणमा चार लाख ३० हजार जनालाई खोप लगाउने भने तापनि लक्ष्यभन्दा कमले खोप लगाएका छन् । पहिलो चरणको खोप खोप एक लाख ८४ हजार ८५७ जनालाई लगाइएको थियो । पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई आजैदेखि र अन्यलाई दुई–तीन दिनपछि लगाइने छ ।
आगामी शुक्रबारसम्म पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई खोप लगाइने छ । देस्रो चरणमा करीब तीन लाख जनालाई खोप लगाइने छ ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स तथा शववाहन सवारी साधनका चालक, खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाआश्रम रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीलाई लगाइएको थियो ।
पत्रकारलाई निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरबाट र कूटनीतिक नियोकलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट खोप दिन थालिएको छ । दोस्रो चरणको खोप पनि १० दिन भित्रसक्ने तयारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार