हल अफ फेम सिजन २ को उद्घोषणमा सदिक्षासँग कमेडियन सुमन कार्की
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार ६:२८:२०
२६ माघ, काठमाडौं । एमएनटीभी अष्ट्रेलियाको अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगिता हल अफ फेम सिजन २ को च्यालेन्ज राउन्डबाट अझ बडी रोमान्चक बन्दैछ । विभिन्न नया गायक तथा गायिका हरुको सांगीतिक प्रतिस्पर्धाका कारण रौनकता बडी रहे पनि कार्यक्रम लाइ अझ रमाइलो र मनोरन्जनात्मक बनाउन उद्घोषणमा कमेडियन सुमन कार्कीको इन्ट्री भएको छ।
अब कार्यक्रमको उद्घोषणमा सदिक्षासँग डान्सिंग विथ स्टार का उद्घोषक जोडी सुमन कार्कीले साझेदारी गर्ने छन्। डान्सिंग विथ स्टार्सको सेटमा मस्त देखिएको यो जोडी फेरि एक पटक सांगीतिक रियालिटी शोमा जम्ने भएको हो । सुमन कार्कीको सप्राईज ईन्ट्रीले अब दर्शकहरुले यी दुईको अझ बडि रमाइलो र मनोरञ्जनात्मक प्रस्तुति पनि हेर्न पाउनेछन् ।
६ एपिसोडसम्म एक्लैले सञ्चालन गरेकी सदिक्षालाई अबबाट सुमनले साथ दिने छन् । सातौं श्रृंखलामा एपिसोडमा ८ जना गायक तथा गायिकाहरुले प्रतिस्पर्धी गर्दैछन् ।आजको एपिसोडमा दर्पन रिजाल र रानिस क्षेष्ठले वरिष्ठ गायक दिप श्रेष्ठको ‘मेरो आँखामा’ बोलको गीत गाएका छन् भने कन्दरा व्याण्डका विवेक श्रेष्ठको ‘हङकङ पोखरा’ बोलको गीत दिनेश गुरुङ, नामसाङ राई र सुरेन लिम्बुले गाएका छन् । यस्तै विजय सुनार, सन्दीप गहतराज र सन्जिभनी महर्जनले रेजिना रिमालको ‘म मर्ने बेलामा’ बोलको गीत गाएर दर्शकलाई मनोरञ्जन दिएका छन् ।
आजको एपिसोडमा तीन देशबाट ९ प्रतिस्पर्धी भएपनि ८ जनाले सहभागीता जनाए । गिरीराज खतिवडाको स्वास्थ्यमा समस्या भएकाले उनी यो एपिसोडमा सहभागी भएनन् । हरेक शुक्रबार र शनिबार राति ८ बजे कार्यक्रम हिमालय टेलिभिजनका साथै एमएनटीभी अष्ट्रेलियाका अन्य डिजिटल प्लेटफर्महरुमा प्रशारण गरिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार
सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार