स्याटेलाइट सिटीको डीपीआर तयार, छ वर्षमा सम्पन्न हुने
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार १८:६:७
२७ माघ, काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाका भित्र बनाउने भनिएको स्याटेलाइट सिटीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको छ । प्राधिकरणले उक्त परियोजनाको डीपीआर तयार गरी मन्त्री परिषदमा पेश गरेको जनाएको हो ।
२०७४ साल बैशाख २५ गते मन्त्रिपरिषदले स्याटेलाइट सिटीकाे काम अघि बढाउन स्वीकृति दिएको थियो ।प्राधिकरणले २०७४ साल असार ६ गते राजपत्रमा प्रकाशित भइसकेपछि ३ वर्षभित्रमा डिपीआर तयारी गरेको हो ।
प्राधिकरणको उक्त योजनाअनुसार शहर निर्माण कार्य सम्पन्न हुनको लागि ३ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरेको छ ।
तर, उक्त परियोजनाको लागि चालु आवमा २ करोड ५० लाख रुपैयाँमात्रै छुट्टयाएको बताए । उक्त छुट्टाइएको रकममा यो वर्ष प्रस्तावित एउटा शहरले १ करोड र बाँकी ३ वटा शहरले ५०/५० लाख बजेट पाएका छन् ।
प्रस्तावितमध्ये सबैभन्दा ठूलो शहर इसानले १ करोड रुपैयाँ बजेट पाएको छ । आग्नेय, नैऋत्य र उत्तर शहरले ५०/५० लाख बजेट पाएको छ ।सरकारले स्याटलाइट शहरलाई उपत्यकाकै पहिलोपटक व्यवस्थित शहरीकरणको रुपमा अगाडि बढाइने जनाएको छ ।
प्राधिकरणले बनाएको प्रस्तावित योजनाको हालसम्म कुनै निर्णय आएको छैन । तर, मन्त्रीपरिषदबाट प्रस्तावित प्रतिवेदन पास भएमा लगभग ५/६ वर्षमा सम्पन्न हुने सक्ने प्राधिकरणले अनुमान गरेको छ । त्यसमा पनि सरकारले भनेकै समयमा पूँजी उपलब्ध भएमा उक्त समय अवधिमा सम्पन्न हुन सक्ने प्राधिकरण्को भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार