ढलका कारण दुगन्धित भोजपुर बजार
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार १९:४१:२२
२७ माघ,भोजपुर । ढलको व्यवस्थापन नहुँदा भोजपुर बजार क्षेत्रको पूर्व तर्फको भाग दुगन्धित बनेको छ । सेफ्टिट्याङ्कीको उचित व्यवस्थापनमा स्थानीय बजारवासीले बेवास्ता गरेपछि बाटोमा हिँड्ने बटुवा, विद्यार्थी र दलितबस्तीलाई ढलको दुर्गन्धले सास्ती दिएको हो ।
भोजपुर नगरपालिका– ७ र ९ का करीब ५० घरबाट निस्कने उक्त ढल बगेपछि स्थानीय दलितबस्तीलाई दुर्गन्धित बनाएको हो । मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने ढलको दुर्गन्धले दैनिक जीवनयापन गर्न समस्या भएको स्थानीयवासी बताउछन् ।
एक घर एक सेफ्टिट्याङ्कीको अवधारणा अनुरुप सेफ्टिट्याङेकी राख्नुपर्ने भए पनि उक्त ५० घरको ढल एउटै सेफ्टिट्याङ्कीमा मिसाइएको छ । उक्त साँधुरो सामूहिक सेफ्टिट्याङ्कीमा जम्मा भएको फोहर पानी र दूषित बस्तु भरिएपछि खोल्सा हुँदै बग्न थालेपछि दुर्गन्धित बनेको हो । दुर्गन्धले सार्वजनिक पैदलबाटोमा हिँड्ने विद्यार्थी र बटुवालाई झन सास्ती दिएको छ ।
उक्त बगिरहेको दुर्गन्धित ढल व्यवस्थापनका लागि निवेदन गरिए पनि कुनै पहल नभएको स्थानीयवासीहरु बताउछन् । यता नगरपालिकाले पनि स्थानीय बजारवासीकै लापारवाहीका कारण दुर्गन्धको स्थिति पैदा भएको जनाएको छ । बजारवासीलाई ‘एक घर एक सेफ्टिट्याकी’ बनाउन प्रतिबद्धताका गराई दुईवर्ष अघि खुला दिशामुक्त नगर घोषणा गर्ने अभियानमा सहयोग पु¥याउन नगरपालिकाले सामूहिक सेफ्टिट्याकीं बनाउन सहयोग गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
दुर्गा प्रसाईंको मुद्दामा आज बयान र बहस हुने
मंसिर १२, २०८१ बुधबार
गुल्मीमा धान उत्पादन बढ्यो
मंसिर १२, २०८१ बुधबार
रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
मंसिर १२, २०८१ बुधबार