सम्राटको ‘इस’ बलिउडको चर्चित म्युजिक कम्पनीले हिन्दी भर्सनमा निकाल्दै
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार १९:५४:३४
२७ माघ, काठमाडौ । केहि दिन अगाडी मात्र रिलिज भएको ‘इस’ बोलको गीत बलिउडको चर्चित म्युजिक कम्पनीले हिन्दी भर्सनमा निकाल्ने भएको छ । यस गीतका गायक, संगीतकार तथा गीतकार रहेका सम्राट चौलागाईले इन्डियाको चर्चित म्युजिक कम्पनीले आफ्नो गीत हिन्दी भर्सनमा निकाल्ने कुरा बताएका हन् । सो म्युजिक कम्पनीको नाम केहि दिनमा सार्वजनिक गर्नेपनि सम्राटले बताए ।
हिन्दी भर्सनमा बन्न लागेको गीतमा सम्राटकै स्वर रहने छ । तर फिमेल स्वरमा भने बलिउडकै चर्चित गायिकाले गाउने कुरा सम्राटले बताए । त्यस्तै यस गीतको कलाकारहरुमा नेपालको चर्चित अभिनेता रहनेछन्, भने केटि मोडलमा बलिउडकै चर्चित अभिनेत्री रहनेछन् । हिन्दी भर्सनमा बन्न लागेको गीतको टिम नेपाल प्राय सबै बलिउडबाटै हुनेछ । बलिउडबाट हुने गायिका, अभिनेत्री र म्युजिक कम्पनीको नाम केही दिनपछि सार्वजनिक गर्ने सम्राटले बताए ।
यस विषयमा कुरा गर्दैै सम्राटले भने बलिउडको चर्चित कम्पनीले हाम्रो नेपाली गीत हिन्दी भर्सनमा निकाल्ने प्रस्तावले धेरै खुशि लागेको छ । हाम्रो सहकार्यले नेपाली म्युजिक क्षेत्रलाई बलिउडसंग जोड्ने काम हाम्रो टिमले गरेकोमा अझ धेरै खुशि छु ।
‘इस’ बोलको गीतलाई सम्राटसंगै रचना रिमालले गाएकी थिइन् । अभिनेता पल शाह, गीता ढुङ्गाना, केदार घिमिरे, दिपाश्री निरौला लगायत कलाकारहरु फिचर्ड भएको गीत केही हप्ता अगाडि मात्रै बलिउडका बहुचर्चित गायक कैलाख खेरको कैलाश स्टुडियो मुम्बईमा गीत रेकर्ड गरिएको थियो ।
४ दिन अगाडी मात्रै यस गीतको म्युजिक भिडियो रिलिज भएको थियो । दर्शकहरुले गीत रुचाएका कारण पनि बलिउडको म्युजिक कम्पनीले हिन्दी निकाल्न लागेको हो । ‘इस’ बोलको गीत युट्युव र टिकटमा हिट चर्चा कमाइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार