राजावादी र प्रधानमन्त्री ओलीबीच साँठगाँठ भएको हुनसक्छ :– नेता सिटौला
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार २०:३१:५९
२७ माघ, झापा । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा नेता कृष्णप्रसाद सिटौलाले सर्बोच्च अदालतले संसद पुर्नस्थापना गरेन भने राजनीतिमा ठूलो उथलपुथल आउन सक्नेतर्फ ईंकित गरेका छन् ।
उनले सर्बोच्चको फैसलाले नै वर्तमान ब्यवस्थाको निक्र्यौल गर्ने अवस्था सृजना गर्नेतर्फ चनाखो बन्दै सर्बोच्च अदालते संसद पुर्नस्थापना नगरे व्यवस्था नै संकटमा पर्ने बताएका हुन् । त्यसैले अदालतले वर्तमान संविधानको भावना र मर्म अनुरुप फैसला गर्न बिघटित संसद पुर्नस्थापना हुने विश्वास व्यक्त गरे ।
नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्व. शुशील कोइरालाको छैटौं स्मृति दिवशको अवसर पारेर नेपाली कांग्रेस झापा जिल्ला समितिले आयोजना गरेको कार्यकर्ता भेलामा नेता सिटौलाले देशलाई अधोगतितर्फ जानबाट बचाउन पनि वर्तमान संसद पुर्नस्थापनाको बिकल्प नरहेको बताए ।
सरकारका नियुक्ति र लाभका पदमा दलीय दृष्टिकोण रहे पनि संविधानको ब्याख्या गर्ने कुरामा न्यायमूर्तिहरुले विवेक पुर्याउने कुरामा आफु विश्वस्त रहेको बताउँदै वर्तमान संविधानका मस्यौदा समितिका सभापति समेत रहेका सिटौलाले अदालतको फैसला पछिको परिणाम, जनमत, संविधानको मूल्य, मान्यता र भावनाको समेत ख्याल गर्ने कुरामा सर्बोच्च अदालतले आफ्नाे बुद्धिमत्तापूर्ण निर्णय ल्याउने कुरामा आफु विश्वस्त रहेको बताए ।
उनले अगाडि भने– नियुक्ति गरेकै भरमा न्यायिक प्रक्रिया पक्षपातपूर्ण निर्णय आउँदैन् । अमेरिकामा पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्ति गरेका न्यायाधिशहरुले ट्रम्पको मुद्धालाई खारेज गरिदिए, विश्वका लोकतान्त्रिक देशमा यस्ता धेरै उदाहरण छन् ।
कार्यक्रममा सिटौलाले सरकारी सम्पत्तिको चरम दोहन भैरहेकोतर्फ ईकिंत गर्दै भने – राज्यकोषको रकम आफ्ना पार्टीका कार्यकर्तालाई बाँडेर आन्दोलनमा सहभागी गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्तिलाई पञ्चायतको संज्ञा दिदैं नेता सिटौलाले प्रधानमन्त्री ओली श्री ३ राणा महाराजाहरुकै शैलीमा तानाशाही र हुकुमी शासनको अभ्यासमा लागेको भन्दै प्रधानमन्त्री ओलीको वर्तमान कार्यशैलीप्रति चर्को असन्तोष ब्यक्त गरेका छन् ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान नेपालको संबिधान विपरित गरिएको संबैधानिक परिषदका पदाधिकारीहरुको नियुक्ति ओलीको हुकुमी शासनको प्रारम्भिक चरण भएको बताएका छन् ।
ओलीले प्रतिनिधिसभा बिघटन गर्नु अघि सडकै कब्जा गर्ने गरी निस्किएका राजावादीहरु अहिले कता हराए ? भन्दै नेता सिटौलाले हिजो राजावादीहरुको आन्दोलनमा देखिएका ब्यक्तिहरु नै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको आमसभाहरुमा सहभागी भएको देखिँदा राजावादी र ओली बीच साँठगाँठ त छैन ? भन्दै आशंका समेत ब्यक्त गरे ।
देश र जनताको हितका लागि काम गरेर नेपाली कांग्रेस कहिल्यै नथाक्ने बताउँदै नेता सिटौलाले बिधिको शासन, लोकतन्त्रको संस्थागत विकास र समृद्धिका लागि सधैं क्रियाशिल रहन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई आव्हान गरेका छन् ।
झापाकै बासिन्दा प्रधानमन्त्री ओलीले संबिधान बिपरित प्रतिनिधिसभा बिघटन गरेर गरेको असंबैधानिक कदमलाई झापाली जनताको बलियो दवावबाटै सच्याउन बाध्य पारिने समेत नेता सिटौलाले कार्यकर्ता भेलामा बताए ।
बैशाखमा निर्वाचन गराउँछु भनेर खुल्ला मञ्चमा भाषण गर्दै हिडने वर्तमान प्रधानमन्त्री कै बोली, ब्यवहार र कार्यशैली हेर्दा बैशाखमा निर्वाचन हुनसक्ने संभावना नदेखिएकोतर्फ सजक गराउँदै उनले भने– बैशाखमा निर्वाचन हुन नसके असारपछि संबैधानिक संकट उत्पन्न हुने र त्यसपछिको आन्दोलन राष्ट्रपति बिरुद्ध लक्षित हुनसक्ने खतरा रहेको छ ।
अन्त्यमा नेता सिटौलाले भने वर्तमान प्रधानमन्त्री ओली संभवत २०६२/६३ को जनआन्दोलनले स्थापित गरेको संघिय लोकतान्त्रिक गणतन्त्रमाथि नै संकट उत्पन्न गराउने खेलमा संलग्न रहेको देखिएकोले नेपाली कांग्रेस संसद पुर्नस्थापनाको एकल बिषयमा केन्द्रीत रहेर आन्दोलनमा जानुपर्ने कुरामा जोड दिए ।
नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाको सभापतित्वमा सम्पन्न उक्त अगुवा कार्यकर्ता भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु सरिता प्रसाँई, दीलिप राई, पूर्व सांसद डिल्ली सिटौला लगायतले मुलुकमा वर्तमान समयमा देखिएको संवैधानिक संकटमा नेपाली कांग्रेसले अवलम्बन गर्नुपर्ने उपायहरु र सञ्चालन गर्नुपर्ने कार्यक्रमहरुका बिषयमा प्रष्ट पारेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
पर्यटकीय सम्भावना बोकेको जलजला ( फोटो फिचर )
मंसिर १, २०८१ शनिबार
नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सरकार उदासीन र निस्प्रभावी रहेको भन्दै आजपाको काठमाडौंमा प्रदर्शन
मंसिर १, २०८१ शनिबार
साधक अग्रजहरूको आदर्श जीवनचर्याबाट केही सिकौँ, केही गरौँ
मंसिर १, २०८१ शनिबार