कला परिषद्को ‘एन एक्जिबिसन फर पर्पोज’ कार्यक्रम
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार २३:६:११
२७ माघ,काठमाडौं । कोरोना कहरसँगैको बन्दाबन्दीले कला क्षेत्रका गतिविधि प्रायः बन्द भएका बेला नेपाल कला परिषद्ले वातावरण सहज बनाउन प्रयत्न गरेको छ । यही माघ १९ गते परिषद् आफैँले कला गतिविधि सहज गर्ने उद्देश्यले परिषद कक्षमा ‘एन एक्जिबिसन फर पर्पोज’ शीर्षकमा २८ कलाकारलाई समाविष्ट गरी आयोजना गरेको प्रदर्शनीले कलाप्रेमी दर्शकलाई आकर्षण ग¥यो र तिनले कोरोना कहरलाई बिर्सने प्रयत्न गरे ।
परिषद्का सदस्य तथा कलाकार जीवन राजोपाध्यायले भनेका छन्,“कला गतिविधिलाई चलायमान बनाउने हाम्रो उद्देश्य हो, यसले कला क्षेत्रमा केही सहज वातावरणको सन्देश पनि दिएको छ”। प्रदर्शनीमा २८ कलाकारका मूर्तअमूर्त गरी ६० वटा चित्र राखिएका छन् ।
प्रदर्शनीमा परिपक्व कलाकारका प्राकृतिक, सामाजिक, सांस्कृतिकलगायत विषय समेटिएका कलाकृति राखिएका छन् । कोरोनालाई बिर्सनका लागि पनि कलाकारहरुले कोरोनासम्बन्धी चित्र कम बनाएको जनाइएको छ । रत्नकाजी शाक्य, नरेश सैंजु लगायत केही कलाकारले मात्र कोरोना सम्बन्धी चित्र प्रदर्शनीमा राखेका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान९नाफा०का पूर्वकुलपति किरण मानन्धरका दुई चित्र ‘शक्ति १–२’ गरी दुई चित्र रु तीन लाखमा बिक्री भइसकेको र अन्य चित्र बिक्री हुने प्रक्रियामा छन् । शक्तिमा महिलाको निहित शक्ति भाव देखाइएको छ ।
प्रकृति, संस्कृति, जनजीवन, मानवीय मूल्य मान्यताका विविध आयाम समेटिएका कलाकृतिले नेपालको कला परिवेशको पछिल्लो अवस्था बुझ्न सकिने प्रदर्शनीमा सहभागी कलाकार तथा परिषद् सदस्य सैंजुले बताएका छन् । सोसाइटी अफ फाइन आर्टस् जर्नालिष्ट नेपाल९सोफाज नेपाल०का अध्यक्ष केशवराज खनालले नेपालमा विस्तारै कलाक्षेत्र प्रदर्शनीमार्फत गतिशील बन्न थालेको बताउँदै प्रदर्शनीमा अग्रज कलाकारका कलाकृति लामो समयपछि हेर्न पाएकामा सन्तोष व्यक्त गरेका छन् ।
बुधबारसम्म चल्ने प्रदर्शनी अझ सात दिन थपिई आगामी फागुन ५ गतेसम्म चल्ने छ । प्रदर्शनीमा वंशी श्रेष्ठ, वत्सगोपाल वैद्य, बुद्धि गुरुङ, गौतम मानन्धर, गौतमरत्न तुलाधर, गोविन्द डङ्गोल, हरि खड्का, राजोपाध्याय, केके कर्माचार्य, श्यामलाल श्रेष्ठ, किरण मानन्धर, कृष्ण मानन्धर, मदन चित्रकार, मुकेश मल्ल, सैंजु, नवीन्द्रमान राजभण्डारी, प्रमिला गिरी, राधेश्याम मुल्मी, रमेश खनाल, रमेश श्रेष्ठ, रागिनी उपाध्याय, रतनकुमार राई, रिमाल, शङ्करराजसिंह सुवाल, शारदामान श्रेष्ठ, शशी शाह, शाक्य र चन्दा श्रेष्ठका कलाकृति राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबार स्क्वायर परिसरमा विदेशी पर्यटकको घुइँचो
मंसिर ८, २०८१ शनिबार
‘ङत भुलु’ अर्थात् स्वेतकाली अजिमा बाह्रवर्षे जात्रा
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंको गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
मंसिर ८, २०८१ शनिबार
प्रधानमन्त्रीले भने, बुबा विरामी हुनुहन्छ
मंसिर ८, २०८१ शनिबार