तीन आकाशे पुल सम्झौताको दुई वर्षपछि निर्माण शुरु हुँदै
नेपालबहस संवाददाता
माघ २७, २०७७ बुधबार १:५३:४४
२७ माघ, काठमाडौं । चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा तीन आकाशे पुलको निर्माण ठेक्का सम्झौता भएको दुई वर्षपछि शुरु हुन लागेको छ । छ स्थानमा आकाशे पुल निर्माण शुरु गरिएकामा यी तीन स्थानमा डिजाइनमा नै समस्या भएकाले विगतका वर्षहरुमा निर्माण हुन नसकेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।
चीन सरकारको आर्थिक सहयोगमा निर्माण भएको सो सडकमा नेपाल सरकारले एक÷एक किलोमिटरको दूरीमा पर्ने गरी छ स्थानमा आकासेपुल निर्माण शुरु गरेको थियो । महालक्ष्मीस्थान, बल्खु र सानेपामा अहिले यी पुलको डिजाइन सच्याएर निर्माण अघि बढाइरहेको योजनाका प्रमुख अर्जुन सुवालले बताए । उनका अनुसार निर्माण व्यवसायीका कारणले नभएर यी पुल निर्माण सडक विभाग र योजना कार्यालयकै कारण ढिलाइ भएको हो । यी पुलको निर्माण एउटै कम्पनीमार्फत भइरहेको छ ।
डिजाइनको समस्या हटाइएकाले अब लामो समय नलाग्ने उनले बताए । गत महिनामा अवधि सकिएको भए पनि पुल निर्माणमा थप छ महिना थपिएको छ । उनले भने, “असार मसान्तसम्ममा नै पुल निर्माण भइसक्ने देखिएको छ ।” यसअघि नै सातदोबाटो, बालकुमारी र एकान्तकुनामा पुल निर्माण सम्पन्न भएर प्रयोगमा आइसकेको छ ।
चीन सरकारको सहयोगमा निर्माण भएको सो सडकमा पहिले तीन स्थानमा मात्रै आकाशे पुल निर्माण गर्ने गरी डिजाइन तयार भएको थियो । सोही आधारमा चिनियाँ कम्पनीले कोटेश्वर, ग्वार्को र बागडोल गरी तीन स्थानमा पुलको निर्माण गरेको थियो । आठ लेन चौडाइको सो सडकमा सवारी साधनको गति उच्च हुने भएकाले पैदल यात्रुका लागि थप आकाशे पुलको आवश्यकता भएको भन्दै विभागले थप छ स्थानमा पुल निर्माण अघि बढाएको थियो ।
चीन सरकारले सडक हस्तान्तरणपछिको एक वर्ष मर्मत अवधि चलिरहँदा विभागले पुल निर्माण शुरु गरेको थियो । चक्रपथको पहिलो खण्डमा कम सङ्ख्यामा पुल भएकाले समस्या भएकाले विभागले विस्तारको क्रममा रहेको चक्रपथको दोस्रो खण्ड ‘कलङ्कीबाट गोपीकृष्ण हल अगाडिसम्म’ प्रत्येक एक किमीमा एउटा आकाशेपुलको प्रस्ताव गरेको छ । झण्डै १० किमी लम्बाइको सडकमा नौ आकाशे पुल निर्माण गर्ने गरी डिजाइन भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार