ललितकला प्रदर्शनी व्यवस्थित गर्न कार्यविधि लागू
नेपालबहस संवाददाता
माघ २८, २०७७ बुधबार १७:०:११
२८ माघ,काठमाडौं । ललितकला क्षेत्रको उत्सवको रूपमा मानिने राष्ट्रिय ललितकला प्रदर्शनी यसपालिबाट व्यवस्थितरूपमा सञ्चालन गरिने भएको छ । इतिहासमै पहिलोपटक ‘राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि, २०७६’ लागू गरी प्रदर्शनीलाई स्वच्छ, पारदर्शी र व्यवस्थित गर्न लागिएको हो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) का कुलपति कान्छाकुमार कर्माचायले अबका प्रदर्शनीहरु कार्यविधिभन्दा बाहिर गएर गर्न नपाइने बताएका छन् । नेपाली ललितकलाको संरक्षण संर्वद्धन रप्रर्वद्धनका लागि बनेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को परिच्छेद २ को दफा ५ (ट) मा व्यवस्था भएअनुसार राष्ट्रिय ललितकला प्रदर्शनीको सञ्चालन र व्यवस्थापन गर्न बनेको नियमावली, २०६८ को नियम ५७ को अधिनमा रही कार्यविधि बनाएर लागू गरिएको हो ।
आगामी वैशाख २ गते सञ्चालन हुने प्रदर्शनीको आवश्यक तयारीसमेत शुरु भइसकेको कुलपति कर्माचार्यले बताएका छन् । त्यसका लागि कर्माचार्यको संयोजकत्वमा ८४ सदस्यीय मूल समिति बनेको छ । त्यस्तै कार्यकारी समिति र उपसमितिहरु गठन गरेर कार्यप्रक्रिया थालिएको छ । मङ्गलबार बसेको मूल समितिको पहिलो बैठकले उपकुलपति गोपाल चित्रकारको संयोजकत्वमा कार्यकारी समिति बनेको र त्यसको मातहतमा रहने गरी अन्य उपसमितिहरु गठन गरिएको छ ।
गएको वर्षको प्रदर्शनी भने कोभिड–१९ का कारण प्रभावित बनेको थियो । औपचारिकरूपमा नभए पनि अनलाइन माध्यमबाट कार्यक्रम गरिएको नाफाका सदस्यसचिव विपिनकुमार घिमिरेले बताएका छन् । यसपालि भने भौतिक उपस्थितिमै र अनलाइन गरी दुवै प्रक्रियाद्वारा प्रदर्शनी गरिने जनाइएको छ ।
प्रदर्शनी हचुवाका भरमा नहोस्, सधैँ एकरुपता कायम होस् भनेर कार्यविधि बनाई लागू गरिएको हो । तोकिएको नियम, मापदण्ड र कार्यविधिअनुसार प्रदर्शनी सञ्चालन हुँदा यसको गरिमा बढ्ने कलाकारको विश्वास छ । नाफाका अनुसार प्रदर्शनीलाई थप पारदर्शी बनाउँदै प्रणालीको विकास गर्न विधा प्रष्ट हुने गरी कार्यविधि बनाइएको जनाएको छ । यसपटक ग्राफिक्स कम्युनिकेशन विधा थप गरी स्पष्टरूपमा विधा तोकेको छ । सोही आधारमा हरेक वर्षको कला प्रदर्शनी सञ्चालन हुनेछ । प्रतिष्ठानले कला प्रदर्शनीमा सहभागी हुन माघ ३० गतेभित्रमा आ–आफ्ना कलाकृति बुझाउन सार्वजनिक सूचना जारी गरिएको थियो । पर्याप्त मात्रामा कलाकृति नआएपछि समयसीमा १५ दिन थपिएको कुलपति कर्माचार्यले बताएका छन् ।
यसरी छुट्याइएको छ विधा
यसपालि परम्परागत चित्रकला, आधुनिक चित्रकला (समसामयिक चित्र तथा प्रिन्ट मेकिङ कला), परम्परागत मूर्तिकला, आधुनिक मूर्तिकला, लोककला (विभिन्न जातजातिका संस्कार, संस्कृति तथा भूगोलमा आधारित स्थानीयकला), हस्तकला÷शिल्पकलाको विधा छुट्याइएको छ । यस्तै वास्तुकला तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत वास्तुकला (शास्त्रीय) र अन्य सिर्जनात्मक कलातर्फ प्रतिस्थापन तथा भावभङ्गी कला, ग्राफिक्स कम्युनिकेशन (मौलिक, दृष्टान्त कला, कार्टुन, पोष्टर, डिडिटल कला) तथा सिर्जनात्मक छवि कला र सिर्जनात्मक भिडियो कला समावेश गरिएको छ ।
नाफाका अनुसार प्रदर्शनका लागि एक वर्षभित्रै रचना गरिएको कलाकृति हुनुपर्ने छ । माध्यम जुनसुकै भए पनि मान्य हुने कार्यविधिमा उल्लेख छ । कलाकार भने १८ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्ने कार्यविधिमा स्पष्ट तोकिएको छ । बढीमा दुई थान कलाकृति बुझाउनुपर्ने, विधागत प्रादेशिकरूपमा पुरस्कृत गरिने, कलाकार दुई विधामा सहभागी भए पनि पुरस्कार भने एक विधामा मात्रै पाइने व्यवस्था गरिएको छ । प्रदर्शनीमा सहभागी हुने कलाकृतिको आकारसमेत तोकिएको छ । सोहीअनुसार आएका कलाकृति मात्रै मान्य हुनेछ ।
यस्तो छ पुरस्कारको व्यवस्था
विधागतरूपमा राष्ट्रिय तथा विशेष पुरस्कार, प्रादेशिक पुरस्कार वितरण गरिने छ । चित्रकलातर्फ आधुनिक र परम्परागतमा एक÷एक जनालाई राष्ट्रिय र दुई÷दुई जनालाई विशेष पुरस्कार प्रदान गरिने छ । मूर्तिकलातर्फ (परम्परागत र आधुनिक) मा तथा हस्तकला÷शिल्पकला एवं लोककलातर्फ पनि सोहीअनुसार विधागतरूपमा नै पुरस्कार प्रदान गरिने छ तर तोकिएको विधागतमा भने कम्तीमा पाँच कलाकारको सहभागिता अनिवार्य गरिएको छ ।
वास्तुकला तथा अन्य सिर्जनात्मक कलातर्फ दुई जनालाई राष्ट्रिय ललितकला पुरस्कार र चार जनालाई विशेष पुरस्कार प्रदान गरिने छ । यस्तै राष्ट्रिय ललितकला लेखन पुरस्कार, राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार तथा प्रादेशिक पुरस्कारसमेत वितरण हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार
मेक्सिकोको ट्रम्पलाई चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छौ'
मंसिर १२, २०८१ बुधबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार