गाउँपालिकाले आफ्नै पाठ्यक्रम निर्माण गर्ने
नेपालबहस संवाददाता
माघ २८, २०७७ बुधबार १७:४९:१४
२८ माघ,बलेवा । तमानखोला गाउँपालिकाले सङ्घीय संरचना लागू भएपछि स्थानीय पाठ्यक्रम निर्माण गर्ने र पठनपाठन गराउने भएको छ । अहिले स्थानीय पाठ्यक्रम निर्माण गर्ने र पठनपाठन गराउन पाउने अधिकार स्थानीय सरकारलाई नै छ । कानूनी रुपमा व्यवस्था भएको यो अधिकार तमानखोला गाउँपालिकाले पहिलो पटक प्रयोगमा ल्याएको छ । तमानको कला, संस्कृति, भूगोल, खानी, कृषि, वन पैदावार र प्राकृतिक स्रोतको विषय समेटेर स्थानीय पाठ्यक्रम निर्माण काम धमाधम भइरहेको छ ।
तमानखोलाको नर्जाखानीमा तामाको ठूलो खानी छ । परापूर्वकालमा त्यहाँ तामा निकालेर तमानवासीले गुजारा चलाएको किम्बदन्ती पाइन्छ । राजा महेन्द्रका पालोपछि त्यहाँका तामाखानी बन्द भए ।
त्यसबेला तामा निकालेकाले भनेको र सुनेका आधारमा मात्रै अहिलेको पुस्ताले नर्जाखानीमा तामा रहेको जानकारी राखेको छ । यहाँ मगर समुदायको आफ्नै संस्कृति छ । मगर समुदायभित्र पनि छन्त्याल समुदायको भाषा र संकृति छ । धेरै छन्त्याल र मगर समुदायको बसोबास रहेको तमान खोलाको नयाँ पुस्ताले आफ्नो कला संस्कृति र परम्पराबारे भन्ने तथा सुन्ने गरेका छन् तर औपाचारिक पढाइलेखाई भने छैन् ।
गाउँपालिका अध्यक्ष संयोजक र शिक्षा अधिकारी सदस्य सचिव रहेको सात सदस्यीय पाठ्यक्रम निर्धारण समितिले अहिले आफ्नै पाठ्यक्रम निर्माणको काम तीव्र बनाएको छ । स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका सम्भावनालाई विषयवस्तु बनाएर पाठ्यक्रम निर्माण गरी पठनपाठन गर्नसक्ने संवैधानिक व्यवस्थालाई ध्यान दिँदै तमानखोलाले स्थानीय पाठ्यक्रम निर्माणलाई तीव्र बनाएको हो ।
स्थानीयस्तरमा निर्माण गरिने पाठ्यक्रममा स्थानीय भाषा, कला संस्कृति, वेषभूषा, चालचलन, रहनसहन, पर्यटन, कृषि उत्पादन र पशुपालनका सम्भावना समावेश गरेर पाठ्यक्रम तयार गरिनेछ । पाठ्यक्रम निर्माणको ७० प्रतिशत काम सकिएको गाउँपालिकाले जनाएको छ ।
पाठ्यक्रम निर्माणको काम सकिएपछि ‘मेरो गाउँपालिका’ नामक पुस्तक तयार हुनेछ । शुरुमा यो पुस्तक कक्षा १ मा पढाइ हुने छ । यो विषय लागू हुने र त्यसपछि क्रमशः कक्षा ५ सम्म पठनपाठन शुरु गरिने छ । हप्ताका चार दिन पठनपाठन हुनेगरी १०० पूर्णाङ्कको पाठ्यक्रम तयारी भइरहेको छ । एक सय पूर्णाङ्कलाई दुई खण्डमा एउटा अनिवार्य र अर्को ऐच्छिक खण्ड गरेर विभाजन गरिएको छ ।
‘मेरो गाउँपालिका’ नामक पुस्तक अध्यापनका लागि जनशक्ति व्यवस्थापनमा गाउँपालिकाले गृहकार्य थालेको छ । मगर र छन्त्याल भाषालाई अध्ययन गराउने गरी पाठ्यक्रम तयार गरिने गाउँपालिकाले जनाएको छ । अहिले तयार हुने ‘मेरो गाउँपालिका’ पाठ्यपुस्तक भने नेपाली भाषाको हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदेश क्षेत्रका गरिब तथा जेहेन्दारलाई शैक्षिक सामग्री
कात्तिक २६, २०८१ सोमबार
सकियो एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एकदिवसीय सेमिनार
असोज १७, २०८१ बिहिबार
गर्मी बढेपछि महोत्तरीका विद्यालय धमाधम बन्द
असोज ८, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि !!!
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबार स्क्वायर परिसरमा विदेशी पर्यटकको घुइँचो
मंसिर ८, २०८१ शनिबार
‘ङत भुलु’ अर्थात् स्वेतकाली अजिमा बाह्रवर्षे जात्रा
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंको गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
मंसिर ८, २०८१ शनिबार