पोखरामा नापतौलका सामान परीक्षण
नेपालबहस संवाददाता
माघ २८, २०७७ बुधबार १७:५८:९
२८ माघ,कास्की । पोखराका भाँडा तथा कपडा व्यवसायीले आफ्ना नापतौलका सामग्री परीक्षण गराएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको ६७औँ वार्षिकोत्सवको सन्दर्भमा पोखरा नापतौल कार्यालय कास्कीका अधिकारीको रोहबरमा मङ्गलबार पोखरामा स्वच्छ व्यवसाय नै आफ्नो धर्म भएको भन्दै नापतौलका सामान पुनः प्रमाणित गरिएको हो ।
भाँडा व्यवसायीले आफ्नो नापतौलका तराजु, ढक र कपडा व्यवसायीले आफ्नो कपडा नाप्ने ‘गज’ ठीक भएको प्रमाणित गराएका छन् । नेपाल गुणस्तर तथा नापतौल कार्यालय कास्की, पोखरा उद्योग वाणिज्य सङ्घ, कपडा एशोसिएशन पोखरा र पोखरा भाँडा व्यवसायी सङ्घको संयुक्त आयोजनामा परीक्षण गरिएको थियो ।
कार्यक्रममा नेपाल गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख तिलक केसी, रुघुनाथ पौडेल, विपिन पुरीलगायतले नापतौलका सामान अद्यावधिक गरेका थिए । पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव सुरेन्द्रमान बिजुक्छेले नापतौलका सामान चुस्तदुरुस्त राख्न व्यवसायीलाई आग्रह गर्दै सङ्घ सदैव स्वच्छ व्यवसायीको पक्षमा रहेको उल्लेख गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार