प्रियंकालाई निर्देशकले भने, बक्षस्थल, नितम्ब र गालाको सर्जरी गर्नु !
नेपालबहस संवाददाता
माघ २८, २०७७ बुधबार १९:१:३५
२८ माघ, काठमाडौं । नायिका प्रियंका चोपडा आफ्नो पुस्तक ‘अनफिनिस्ड’ सार्वजनिक गर्ने तयारीमा छिन् । यो पुस्तकमा उनले निर्देशकले ३ वटा अंगको सर्जरी गर्न भनेको लेखेकी छिन् ।
प्रियंकाले आफ्नो पुस्तकमा लेखेकी छिन–‘जब मैले सन् २००० को मिस वल्र्डको ताज जितेँ, यसपछि म बलिउडमा पाइला राख्ने तयारीमा थिए । मलाई एक जना निर्देशकसँग भेट गराइयो । ती निर्देशकले केही समयको गफगाफपछि मलाई उभिएर घुम्न भने । मैले उनले भने अनुसार नै गरेँ । उनले मलाई केही समयसम्म हेरे र मेरो शरीरका तीन अंगको सर्जरी गर्न सल्लाह दिए । उनका अनुसार मैले बक्षस्थल, नितम्ब र गालाको सर्जरी गर्नुपर्ने थियो ।’
प्रियंकाले निर्देशकले आफूलाई लस एन्जलसको एक जना राम्रा निर्देशकसँग भेट गराउन सक्ने वाचा समेत गरेको उल्लेख गरेकी छिन् । आफ्ना म्यानेजरले पनि यो कुरामा सकारात्मक प्रतिक्रिया दिएको प्रियंकाले पुस्तकमा लेखेकी छिन् ।
सामाजिक संजालमा एक अडियो सार्वजनिक गर्दै नायिका चोपडाले लेखेकी छिन–‘मेरो करिअर एउटा यस्तो करिअर हो, जुन शारीरिक वनावटसँग आधारित छ । मलाई यस्तो लाग्थ्यो कि मेरो करिअर सुरु हुनु भन्दा पहिले नै सकिएको छ ।
मलाई लाग्यो कि स्वर्गको एउटा ढोका मेरो लागि खोलियो र मेरो गालामा थप्पड हानियो । यसले मलाई निकै नै चोट पुर्याएको थियो ।’ पुस्तकमा उनले आफ्नो करिअरका थुप्रै कुराहरु खुलाएकी छिन् । प्रियंकाले बलिउड यात्राको समयमा आफूलाई निर्देशकले गर्ने व्यवहारदेखि विभिन्न खालका अफरहरुको बिषयमा पनि खुलाएकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार