संविधानमा बिघटन गर्न नपाउने भनि कहाँ लेखिएको छ श्रीमान ? वरिष्ठ अधिवक्ता न्यौपाने
नेपालबहस संवाददाता
माघ २८, २०७७ बुधबार १९:७:५३
२८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वाेच्च अदालतमा सुरु भएको सुनुवाईमा यतिबेला गज्जबको दृश्य देख्न पाइएको छ । कुनैबेला ओलीका कट्टर आलोचकका रुपमा चिनिने वरिष्ठ कानून व्यावसायीहरु अहिले रक्षाकवचका रुपमा देखिएका छन् ।
ओलीले गरेको विघटन ठीक भन्नेमा राजतन्त्रका कट्टर पक्षपातीहरु परेका छन् । आज त्यसैमध्येका एकजना कानून व्यवसायी बालकृष्ण न्यौपानेले ओलीको बचाउ गरेका छन् । न्यौपानेले कुनैबेला महाकाली सन्धि गर्दा ओलीको आलोचना गरेका थिए ।
आज उनका पक्षमा बहस गर्दै वरिष्ठ अधिवक्ता न्यौपानेले भने – कदाचित प्रतिनिधिसभा पुनस्थापना भयो भने देशमा अझै ठूलो संकट आइपर्नेछ । संविधानले प्रधानमन्त्रीलाई सर्वेसर्वा बनाएको उनको तर्क छ । उनले भने– संविधानका कुनैपनि धारामा प्रधानमन्त्रीलाई विघटनको अधिकार नभएको भन्ने लेखिएको छैन । बरु धारा ८५ मा भने संसद विघटन नभएको अवस्थामा प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष हुने उल्लेख छ ।
यसको अर्थ संविधानले प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार दिएको भन्ने बुझ्नुपर्छ– उनले तर्क गरे । जसरी २५ जना भन्दा बढीको मन्त्रिपरिषद बनाउन नपाउने प्रष्ट व्यवस्था संविधानमा गरिएको छ ,त्यस्तै गरी विघटन गर्न नपाउने भनेर लेखिएको छैन् – उनले भने ।
प्रधानमन्त्रीले नै राजनीतिक परिवेशलाई नियन्त्रण गर्ने उनको भनाई छ । नत्र ब्रेकफेल भएको गाडी जस्तो हुन्छ भन्दै वरिष्ठ अधिवक्ता न्यौपानेले प्रधानमन्त्रीले गल्ती गरेको भए जनताले दण्डित गर्ने तर्क गरे । पाँच वर्षमा हुने भनिएको निर्वाचन साढे ३ वर्षमै गर्न लागेका प्रधानमन्त्रीले गरेको निर्णय सही वा गलत के हो त्यसको निक्र्यौल जनताले गर्ने भन्दै उनले विपक्षीको निवेदन खारेजीको माग गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
पार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार