पञ्जीकरण र परिचयपत्र विवरण सङ्कलन एकैपटक गरिने
नेपालबहस संवाददाता
माघ २८, २०७७ बुधबार १९:१६:१७
२८ माघ,बनेपा । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सञ्चालन गरेको अभियानअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा पनि आगामी फागुन पहिलो सातादेखि सो अभियान सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले सरकारले सबै नेपाली नागरिकको डिजिटल पहिचान स्थापित गर्ने गरी राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन गर्ने गरी सञ्चालन गरिएको अभियानअन्तर्गत काभ्रेपलाञ्चोक जिल्ला २१औँ नम्बरमा रहेको बताएका छन् ।
अहिलेसम्ममा पाँच वटा जिल्लामा अभियान सम्पन्न गरिसकेको र सातै वटा प्रदेशका १५ वटा जिल्लामा एकैसाथ अभियान चलिरहेको उनले बताए । ‘‘सतहत्तर जिल्लामध्ये २१औँ जिल्लाको रुपमा काभ्रेपलाञ्चोक जिल्ला परेको छ’’ उनले भने, “सबै जिल्ला प्रशासन कार्यालयबाट विवरण दर्ता गर्ने काम गरिरहेकै अवस्थामा ती कार्यालयबाट मात्रै विवरण दर्ता गर्न वर्षौं समय लाग्ने भएकाले एक पटकको लागि देशैभरिका सबै वडा कार्यालयभित्रका नागरिकलाई पायक गर्ने टोलटोलमा पुगेर विवण सङ्कलन गर्ने ध्येयका साथ अभियानलाई अगाडि बढाइराखेका छौँ ।”
राष्ट्रिय परिचयपत्र भोलिका दिनमा असाध्यै महत्वपूर्ण विवरण हुने भएकाले यो अभियान टोलटोलमा पुगेको बेलामा कुनै पनि नागरिकलाई नछुटाई विवरण दिन उनले आग्रह गरेका छन् । सबै विवरण त्यही पत्रको आधारमा गर्ने सरकारको योजना रहेकाले पछि सेवा लिने क्रममा राष्ट्रिय परिचयपत्र नभएको अवस्थामा सेवा सुविधा रोकिने अवस्था हुने भएकाले सबै नागरिकले आफ्नो विवरण टिपाउने काममा सहयोग गर्न स्थानीय तहलाई आग्रहसमेत गरेका छन् ।
भोलिको दिनमा राज्यले राष्ट्रिय परिचयपत्र लागू गरिसकेपछि सो पचियपत्रबिना कुनै पनि काम नहुने अवस्था हुने भएकाले सबै नागरिकले सो परिचयपत्र बनाउन आवश्यक रहेको उनको । परिचयपत्रको लागि राज्यले ठूलो लगानी गरी अहिले करीब एक हजार जना जनशक्ति गरिचालन गरिरेहको बताएका छन् ।
अभियान दोहोरिएर गाउँमा नजाने भएकाले एक पटक आएको अवसरलाई उचित रुपमा सदुपयोग गर्न र सञ्चालन भएको अभियानमा सबै चिजको सुरक्षा व्यवस्था कायम गर्न उनले भनेका छन् । सो अभियानसँगै व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा कार्यक्रमलाई पनि सञ्चालन गरिने भएको उनले बताए । अहिले सञ्चालन भएको अभियानअन्तर्गत साँढे दुई महिनाभित्रमा दुई लाख विवरण सङ्कलन गर्ने राज्यको लक्ष्य रहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
चनौटेडाँडा गर्मी छल्ने उपयुक्त गन्तव्य बन्दै
जेठ ५, २०८१ शनिबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
के मधुमेहका बिरामीले गर्मीमा नरिवलको पानी पिउन मिल्छ ?
जेठ ५, २०८१ शनिबार
वागमती प्रदेशमा विशेषाधिकार समिति गठन
जेठ ५, २०८१ शनिबार
मकवानपुरको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
जेठ ५, २०८१ शनिबार
वैदेशिक रोजगारीमा भएको ठगीलाई सरकारले हेर्नुपर्छः देउवा
जेठ ५, २०८१ शनिबार