दाहालको ‘संवैधानिक संस्कृति र न्यायिक सक्रियता’ पुस्तक सार्वजनिक
नेपालबहस संवाददाता
माघ २९, २०७७ बिहिबार १६:१९:५९
२९ माघ,काठमाडौं । संविधानविद्ध काशीराज दाहालद्वारा ‘संवैधानिक संस्कृति र न्यायिक सक्रियता’ विषयमा लेखिएको पुस्तक बुधबार सार्वजनिक गरिएको छ । विश्वको संवैधानिक अभ्यास र न्यायिक सक्रियताका विभिन्न पक्षलाई लेखकले पुस्तकमा समेटिएको छ ।
पुस्तकमा खासगरी अमेरिका, युरोप र दक्षिण एशियाका मुलुकको संवैधानिक अभ्यास र न्यायपालिकाले निर्वाह गरेको सक्रियताको विषयमा व्यावहारिकरूपमा विभिन्न मुद्दाको उल्लेखसहित विषयवस्तु प्रस्तुत गरिएको छ । पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायले संवैधानिक कानूनको विद्यार्थी, शिक्षकदेखि राजनीतिक व्यक्तित्व, कानून व्यवसायी र न्यायाधीशका लागि पुस्तकले शैक्षिक र व्यावहारिक उपयोगिता निश्चय गरेको पुस्तकको भूमिकामा उल्लेख गरेका छन् ।
संविधान सैद्धान्तिकरूपमा लोकतान्त्रिक हुनु मात्र पर्याप्त नहुने उल्लेख गर्दै लेखक दाहालले पुस्तकमा राज्यशक्तिको प्रयोगकर्ता सबैको व्यवहार र आचरणमा लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको पूर्णनिष्ठा एवं समर्पणभाव स्पष्टरूपमा देखिनुपर्ने उल्लेख गरेका छन् । ज्ञानगुन कानून प्रतिष्ठान, काठमाडौंद्धारा प्रकाशित यस पुस्तकको वितरण पैरवी बुक हाउस प्रालिले गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुदाँ १४ जना घाइते
मंसिर ८, २०८१ शनिबार
चार महिनामा साढे चार खर्बभन्दा बढीको व्यापार घाटा
मंसिर ८, २०८१ शनिबार
चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि !!!
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबार स्क्वायर परिसरमा विदेशी पर्यटकको घुइँचो
मंसिर ८, २०८१ शनिबार
‘ङत भुलु’ अर्थात् स्वेतकाली अजिमा बाह्रवर्षे जात्रा
मंसिर ८, २०८१ शनिबार