तेलको मूल्यवृद्धि फिर्ता नगरे कठोर निर्णय गर्ने व्यवसायीको चेतावनी
नेपालबहस संवाददाता
माघ २९, २०७७ बिहिबार १७:३४:१३
२९ माघ, काठमाडौं । सरकारले पटक पटक तेलको मूल्यवृद्धि गरेको भन्दै यातायात व्यवसायीहरुले आपति जनाएका छन् । उनीहरुले सरकारले वृद्धि गरेको तेलको मूल्य एकमुष्ट रुपमा फिर्ता लिनुपर्ने माग राखेका छन् ।
सरकारले गएको पुष १६ गते, माघ ५ गते र हिजो बुधबार लगातार पेट्रोल तथा डिजेलको मूल्य बढाएको थियो । सरकारले बढाएको मुल्यबाट आफूहरु पीडित बन्नुपरेको यातायात व्यवसायीहरुले गुनासो गरेका छन् ।
अहिलेको अवस्थामा सार्वजनिक सवारी चलाएर नाफा निकाल्न नसकिने अवस्थामा व्यवसायी र उपभोक्तालाई मार पर्ने गरी भएका मूल्यवृद्धि फिर्ता गरेर सार्वजनिक सवारीका लागि विशेष सहुलियत घोषणा गर्न व्यवसायीहरुले माग गरेका छन् ।
त्यस्तै उनीहरुले सरकारले माग पुरा गर्न नसके सार्वजनिक सवारीको वैज्ञानिक भाडा समायोजन गर्नुपर्ने बताएका छन् । यदि सरकारले पटक पटक गरेको तेलको मूल्यवृद्धि लगायत अन्य मागहरु पुरा नगरे आफुहरु कठोर निर्णय लिन वाध्य हुने यातायात व्यवसायीहरुले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार