बाग्मती प्रदेशले मनायो तेस्रो वार्षिकोत्सव
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
माघ २९, २०७७ बिहिबार १८:२३:५१
![](https://nepalbahas.prixacdn.net/media/albums/bagmati-pardesh-fnl_7cR5Nnfdmk.jpeg)
२९ माघ,मकवानपुर । बाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाइँले संविधानको मर्म र भावनालाई आत्मसात गर्दै प्रदेश सरकारले आफ्नो जिम्मेवारीलाई जनताको माझमा इमान्दारीपूर्वक लैजान गरिएको प्रयास जनमुखी रहेको बताएका छन् ।
उनले प्रदेश सरकार गठन भएको तीन वर्ष पूरा भएको उपलक्ष्यमा आज हेटौंडामा आयोजित तेस्रो वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै जनता अहिले राजनीतिक आन्दोलन होइन, शान्तिपूर्णरुपमा आफ्नो व्यवहारिक जीवन धान्ने योजना चाहेको बताएका छन् ।
प्रदेश प्रमुख प्रसाइँले प्रदेशको विभिन्न जिल्लामा राष्ट्रिय गौरवको आयोजना तथा बहुवर्षीय योजना कार्यान्वयन गर्न सरकारले गरेको प्रयास जनताबीच लोकप्रिय रहेको उल्लेख गर्दै प्रदेश सरकारप्रति आम प्रदेशवासीको विश्वास र भरोसा छ, त्यसैले केही समूहबाट हुने राजनीतिक आन्दोलनलाई उनीहरुले स्वीकार नगर्ने स्पष्ट पारेका छन् ।
प्रदेश सरकार विसं २०७४ माघ २९ गते गठन भएको र सोही दिन मुख्यमन्त्री पदमा प्रदेशसभाका ज्येष्ठ सदस्य डोरमणि पौडेलले मुख्यमन्त्री पदको शपथ ग्रहण गरेका थिए । सो अवसरमा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार गठन भएको तीन वर्षको अवधिमा सरकारले प्रदेशको १३ वटै जिल्लामा सन्तुलित विकास योजनाको बाँडफाँड र बजेट विनियोजित गरेर पारदर्शीका साथ आफ्नो जिम्मेवारी पूरा गर्दै आएको र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने भूमिकामा बहुवर्षीय योजना कार्यान्वयन भइरहेको बताएका छन् ।
उनले प्रदेशअन्तर्गत विभिन्न जिल्लाको दुर्गम भेगमा रहेका विपन्न परिवारको खरको घरलाई विस्थापित गरी जस्ताको छाना लगाउने र ती घरमा एक धारा वितरण गर्ने अभियान अन्तिम चरणमा पुगेको बताउँदै ती क्षेत्रमा सरकारले अनुगमन टोली पठाइसकेको बताए ।
मुख्यमन्त्री पौडेलले सरकारलाई आवश्यक पर्ने ऐन, कानून र निमावली तर्जुमा गरिसकेको बताउँदै सरकारले आफ्नो जिम्मेवारीमा पारदर्शी र इमान्दारीपूर्वक कर्तव्य पालना गर्दागर्दै पनि केही नेताहरुले अनावश्यक वादविवाद र आन्दोलनको घोषणा गरेर जनतामा प्रजातन्त्रप्रतिको वितृष्णा उत्पन्न गराउने काम गरेको दाबी गरे ।
बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाले सरकारलाई आवश्यकपर्ने विभिन्न ५८ ऐन कानूनको तर्जमा गरिसकेको र ११ ऐन संशोधनको लागि तयारी अवस्थामा राखिएको उल्लेख गर्दै आर्थिक समृद्धि, विकासको पूर्वाधार र दिगो शान्ति सुरक्षाको प्रबन्ध मिलाउन सरकारले आफ्नो भूमिकालाई गतिशील तुल्याउने कार्यमा एकजुट हुन आग्रह गरे ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा मानबहादुर विश्वकर्माले प्रदेशको १३ वटै जिल्लामा सरकारले सन्तुलित, एकीकृत विकास र बहुवर्षीय योजनालाई कार्यान्वयन गर्दै लगिएको बताउँदै स्वास्थ्य उपचारका लागि प्रत्येक जिल्लामा अस्पताल स्थापना र प्रत्येक विद्यालयमा एक नर्सको व्यवस्था गर्ने तयारी भइरहेको बताए ।
जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलाल, शहीद गङ्गालाल हृदय रोग प्रतिष्ठानका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका सचिव राधिका अर्यालले प्रदेश सरकारले तीन वर्षमा गरिएको आवधिक योजना अनुसार कार्यान्वयन भइरहेको र जनतालाई अहिले स्वास्थ्य उपचार, उच्च शिक्षा अध्ययनको लागि अवसर प्रदान गर्न विभिन्न रणनीति योजना कार्यान्वयन भइरहेको बताएका छन् ।
सो अवसरमा प्रदेश प्रमुख प्रसाइँले वाग्मती प्रदेश सरकारद्वारा प्रकाशित प्रदेश सरकारको तीन वर्षको तथ्याङ्क समावेश पुस्तक र प्रदेश नीति योजना आयोगद्वारा प्रकाशित प्रदेश विकास सम्बन्धी पुस्तकको विमोचन गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपति तिलगंगा आवास क्षेत्रका संरचना हटाइने, खाली गर्न १५ दिने सूचना
असार ४, २०८१ मंगलबार
बालबालिकालाई श्रम लगाउने उद्योग प्रतिष्ठानमाथि कारबाही
असार ४, २०८१ मंगलबार
बालेन शाह ब्राजिल प्रस्थान
असार ३, २०८१ सोमबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
केदार भट्टराई (काका)
असार ८, २०८१ शनिबार
राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
असार ८, २०८१ शनिबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
असार ८, २०८१ शनिबार
'कार्वाइड' प्रयोग गरिएका फलफूल खरिदबिक्री नगर्न विभागको आग्रह
असार ८, २०८१ शनिबार
टी- २० विश्वकप : बंगलादेश ५० रनले पराजित, भारत सेमिफाइनल नजिक
असार ९, २०८१ आइतबार
पहिरोले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध, सयौं यात्री अलपत्र
असार ९, २०८१ आइतबार
जाजरकोटमा बाढीले बगाएर शिक्षकको मृत्यु, ६ जना घाइते
असार ९, २०८१ आइतबार
पोर्चुगल युरोकपको नकआउट चरणमा
असार ९, २०८१ आइतबार