पञ्चायतकाल भन्दा पनि निरंकुश हर्कत: नेकपा नेताहरु
नेपालबहस संवाददाता
माघ २९, २०७७ बिहिबार १९:७:५७
२९ माघ, काठमाडौं । नेकपा प्रचण्ड माधव समुहकी नेतृ रामकुमारी झाँक्रीलाई राज्यबिरुद्धको अपराधको दफा ५८ बमोजिमको पक्राउ गरिएको विषयलाई लिएर सो पार्टीका केन्द्रीय नेताद्धय योगेश भट्टराई र विष्णु रिजालले सामाजिक सञ्जालमार्फत कडा आपत्ति जनाएका छन् ।
विचार अभिव्यक्ति दिएकै आधारमा उनलाई पक्राउ गरिनु शाहीकाल र पञ्चायतकाल भन्दा पनि निरंकुश हर्कत गरिएको टिप्पणी नेताद्धयको छ । नेकपा केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले आज फेसबुकमा एक प्रतिक्रिया लेख्दै राजतन्त्र भएको बेलामा “‘पम्फादेवीका नाममा रानी ऐश्वर्यले स्वीस बैंकमा पैसा राखेकी छन्’ भनेर सडकमा नारा लाग्दा कोही समातिएन । ‘राजा वीरेन्द्रको बंश विनाश ज्ञानेन्द्र र पारसले गरेका हुन्’ भनेर बोल्दा,लेख्दा कसैमाथि मुद्दा लगाएको सुनिएन ।” भनेका छन् ।
तर आज गणतन्त्रमा गणतन्त्रका लागि रगत बगाउने रामकुमारी झॉक्रीलाई ‘राष्ट्रपतिको आलोचना गरेको’ अभियोगमा गिरफ्तार गरिएको छ । हेक्का रहोस् ! आफूले बसालेको नजीर कुनै दिन आफैंमाथि भारी नहोस् । नेता रिजालले कडा टिप्पणी गरेका छन् ।
राजतन्त्र भएको बेलामा ‘पम्फादेवीका नाममा रानी ऐश्वर्यले स्वीस बैंकमा पैसा राखेकी छन्’ भनेर सडकमा नारा लाग्दा कोही समातिएन । ‘राजा वीरेन्द्रको बंश विनाश ज्ञानेन्द्र र पारसले गरेका हुन्’ भनेर बोल्दा-लेख्दा कसैमाथि मुद्दा लगाएको सुनिएन ।
— Bishnu Rijal (@bishnurijal1) February 11, 2021
त्यस्तै नेकपा नेता योगेश भट्टराईले रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतिका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतिलाई धुलिसाफ गर्ने भए भन्दै व्यङग गरेका छन् ।
रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतीका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतीलाई धुलिसाफ गर्ने भए । राष्ट्रपती संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर । ब्यक्तिगत रुपमा रामकुमारीलाई थप परिपक्व बनाउने छ र अझ स्थापित गर्नेछ । प्रहरी रामकुमारीको निवासबाट तत्काल फिर्ता होउ ।
— Yogesh Bhattarai (@yogesbhattarai) February 11, 2021
सामाजिक सञ्जाल टुवीटरमा प्रतिक्रिया दिदै उनले लेखेका छन् “राष्ट्रपति जस्तो संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर । व्यक्तिगत रुपमा रामकुमारीलाई थप परिपक्व बनाउने छ र अझ स्थापित गर्नेछ । प्रहरी रामकुमारीको निवासबाट तत्काल फिर्ता होउ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
सहकारी ठगेर भागेका ढोरपाटनका मेयर देवकुमार नेपाली दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी
असोज ११, २०८१ शुक्रबार
१२ घण्टा यता देशैभर भारी वर्षाः हवाई उडान प्रभावित, मुग्लिन-नारायणगढ सडकमा राती सवारी बन्द
असोज ११, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः चिनियाँ ऋणको बोझबाट कहिले पाउला मुक्ति ?
असोज ११, २०८१ शुक्रबार
देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द
असोज १२, २०८१ शनिबार
पर्वतमा आमाछोरी पाँच दिनदेखि सम्पर्कविहीन
असोज १२, २०८१ शनिबार
काभ्रेमा बाढी–पहिरोले चारको मृत्यु, १० जना बेपत्ता
असोज १२, २०८१ शनिबार
लगातार वर्षा हुँदा माथिल्लो मनाङमा हिमपात, जनजीवन प्रभावित
असोज १२, २०८१ शनिबार
‘पूर्ण बहादुरको सारङ्गी’ को दोस्रो गीत सार्वजनिक
असोज १२, २०८१ शनिबार