दीपिकासँग मुम्बइका रोहितले रोमान्स गर्ने
नेपालबहस संवाददाता
माघ २९, २०७७ बिहिबार १९:२७:०
२९ माघ, काठमाडौं । यतिबेला प्रेम दिवसको उत्सव चलेरहेकै समयमा मुम्बइका रोहित सुचान्तीले दीपिका प्रसाँइसँग रोमान्स गर्ने भएका छन् । निर्देशक दिवाकार भट्टराइले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘तिमीसँगै हुने मन छ’बाट रोहितले डेब्यू गर्ने पक्का भएको हो ।
निर्देशक भट्टराइले रोहितसँग कागजी संझौता भैसकेको पुष्टी गरे । उनले भने–‘चलचित्रमा रोहित हुने पक्का भैसकेको छ । प्राविधिक टिमपनि भारतबाटै आउनेछ ।’
यो चलचित्रमा नायिका दीपिकाले काम गर्दैछिन् । यसअघि चलचित्रमा नायक पल शाह र निराज प्रधानले काम गर्ने मौखिक सहमती भएको थियो । तर, अब चलचित्रमा नायकको रुपमा महावीर जैन कलेज मुम्बइबाट ब्याचलर गरेका रोहितले काम गर्ने पक्का भएको छ ।
रोहितले ‘तुने प्यार किया, रिश्ता लिखंगे हम नयाँ’ लगायतका आधा दर्जन सिरियलमा पनि काम गरेका छन् । उनले, रियालिटी शो ‘बीग बोस १२’मा पनि भाग लिएका थिए ।
निर्देशक भट्टराइका अनुसार, चलचित्रको छायांकन चैत्रबाट सुरु हुँदैछ । ओम नम शिवाय प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रका लागि एक नायक नेपालकै हुने दिवाकरले बताए । पछिल्लो समय नेपाली चलचित्रमा भारतका निर्देशक, प्राविधिक र कलाकारले काम गर्ने क्रम बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार