दाङमा तीन वर्षदेखि बन्द रहेको माटो परीक्षण शुरु
नेपालबहस संवाददाता
माघ २९, २०७७ बिहिबार १९:५०:३१
२९ माघ,देउखुरी । दाङमा विगत तीन वर्षदेखि बन्द रहेको माटो परीक्षणको काम पुनःसञ्चालनमा आएको छ । कृषि ज्ञान केन्द्र घोराहीमा माटो परीक्षणको काम सञ्चालनमा आएको हो । माटो परीक्षण कार्य सञ्चालनमा आएपछि यहाँका किसानलाई राहत भएको छ ।
किसानको खेतीयोग्य जमिनको नमूना माटो परीक्षण गरी त्यसमा भएका चारवटा तत्वको पिएच, नाइट्रोजन, फस्फोरस र पोटासको गुणात्मक नतिजा दिनसक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । दाङका किसानलाई बाँकेको खजुरामा माटो परीक्षण गर्न जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
माटोको नमूना प्रयोगशाला सञ्चालनमा आएपछि सबै किसानले आफ्नो खेतबारीको प्रतिनिधित्व हुने गरी कुन बाली लगाउने हो त्यसको जरा कति सतहमा जान्छ त्यस्तो ठाउँको माटो ल्याउनुपर्छ भन्ने जानकारी हुन्छ । माटो परीक्षण गर्न ल्याउनुभन्दा पहिले कुन मल र कति राखेको छ त्यसको पनि जानकारी किसानले दिनुपर्छ ।
किसानको खेतबारीबाट आधा किलोजति माटो राम्रोसँग ९छायाँमा० सुकाएर सुक्खा माटो कृषकले ज्ञान केन्द्रमा ल्याएपछि त्यसको जाँच हुने प्रमुख धितालले बताएका छन् । घोराहीमा भएको परीक्षण केन्द्रमा दाङका किसानले निःशुल्करूपमा माटो परीक्षण गर्ने सुविधा छ । अहिले कार्यालयसँग एक हजार ५०० सम्म परीक्षण गर्ने क्षमता रहेको छ । माटो परीक्षणको नतिजा एक दिनमै किसानलाई दिन सकिन्छ र एक दिनमा ३० देखि ५० वटासम्म परीक्षण गर्न सकिने उनले बताएका छन् ।
जिल्ला कृषि विकास कार्यालय हुँदा माटो परीक्षणको दरबन्दी र बजेट थियो । देश सङ्घीयतामा गएपछि कार्यालय समायोजन भएर ज्ञान केन्द्र भएपछि दरबन्दी र बजेट अभावले माटो परीक्षण कार्यलाई निरन्तरता दिन सकिएको थिएन । अहिले प्रदेश सरकारको वार्षिक बजेटलाई परिचालन गरेर काम थालेको उनले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मंसिर ७, २०८१ शुक्रबार
माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
मंसिर ६, २०८१ बिहिबार
तनहुँमा बीस रोपनी जमिनमा रायो सागखेती
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार