कैलालीमा तरकारी बिक्रीको थलो बन्दै हाटबजार
नेपालबहस संवाददाता
माघ ३०, २०७७ शुक्रबार १६:३९:५६
३० माघ,टीकापुर । कैलालीको टीकापुरमा सञ्चालित तरकारी हाटबजारमा दैनिक ३०० भन्दा बढी किसान स्थानीयस्तरमा उत्पादित तरकारी बिक्रीका लागि आउने गरेका छन् । हाटबजारमा ताजा र स्थानीयस्तरमा उत्पादन भएको अग्यानिक तरकारी पाइने भएपछि उपभोक्ताको भीड लाग्ने गरेको छ । हाटबजारलाई व्यवस्थित गर्न टीकापुर नगरपालिकाले ब्लक नं ११ मा तरकारी राख्ने सेड निर्माण गरेको छ ।
टीकापुर–१ वनगाउँ दक्षिणपुरुवाकी जुग्रीदेवी चौधरीले चार कठ्ठा जग्गामा तरकारी खेती गरेमा वर्षभरि हाटबजारमा तरकारी बिक्री गरेर गुजारा चलाउन सकिने बताएकी छिन् । हाटबजारका लागि भनेर कृषि ज्ञान केन्द्र महेन्द्रनगरले एउटा र टीकापुर नगरपालिकाले तीन गरी चारवटा सेड निर्माण गरिएको छ । तरकारी बिक्री गर्ने किसान बढ्दै गएपछि रु ४५ लाखको लागतमा निर्माण गरिएका सेड व्यवस्थित बनाउने काममा टीकापुर नगरपालिका जुटेको छ । ज्ञानी कुला फाटेर बनेको बीच भागमा सेड बनाएर स्थायी कृषि हाटबजारको योजना नगरपालिकाले बनाएको हो ।
हाटबजार मङ्गलबार र शुक्रबार गरी हप्ताको दुई दिन लाग्छ । दुई सय ५० देखि ३०० किसान र व्यापारी तरकारी, माछा र नास्ताका पसल त्यहाँ आउने गरेका छन् । हाटबजारमा व्यवसाय गरेवापत रु १० देखि ५० शुल्क तिर्नुपर्छ । तरकारी बिक्री गर्नेले रु १० देखि २० र माछा र होटलले रु ५० शुल्क तिर्नुपर्छ ।
टीकापुर नगरपालिकाका कृषि शाखाका प्रमुख तुलसी सुवेदीले हाटबजारस्थल व्यवस्थित गर्न माटो पटानी गर्न थालिएको बताएका छन् । उनले ज्ञान केन्द्र महेन्द्रनगरले अर्को तरकारी बिक्री गर्ने सेड निर्माण गरिदिने बताएका छन् । दैनिक सयौँ उपभोक्ताको खरिद केन्द्रका रूपमा तरकारी हाटबजारको विकास हुँदैछ । हाटबजारमा स्थानीय कृषकले आफ्नो उत्पादन हाटबजारमा बिक्री गर्न ल्याउने गरेका छन् । यो हाटबजारबाहेक जमरापारि बुधबार र शनिबार पनि टीकापुरमा हाटबजार लाग्ने गरेको छ । हाटबजारलाई क्रमशः व्यवस्थित गर्ने योजना बनाएर ट्रस निर्माण गरिएको नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै बजेट पुस्तिका बाहिरियो, कांग्रेसले गर्यो विरोध
असार ११, २०८१ मंगलबार
महाकालीको कटान रोक्न कुतियाकबरमा जैविक तटबन्ध
असार ११, २०८१ मंगलबार
सुदूरपश्चिमका पहाडी जिल्लामा डेङ्गु सङ्क्रमित बढ्दै
असार ५, २०८१ बुधबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
विद्युत बक्यौतामा घिसिङ र उद्योगीबीच सुरु भयो वार, कसको कति छ बिल ?
असार १२, २०८१ बुधबार
विद्युतको तार सर्ट भई आगलागी हुँदा लाखौँको क्षति
असार १२, २०८१ बुधबार
विवाहपछि सोनाक्षीले भावुक नोट शेयर गर्दै सबैप्रति आभार व्यक्त गरिन्
असार १२, २०८१ बुधबार
बुधबार सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?
असार १२, २०८१ बुधबार
बाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार
अस्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरले लिए सन्यास
असार १२, २०८१ बुधबार