हिमालयन उद्धार सङ्घको वार्षिक साधारणसभा सम्पन्न
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
माघ ३०, २०७७ शुक्रबार १७:३५:१८
![](https://nepalbahas.prixacdn.net/media/albums/himalayan_6UvCf9ZimR.jpg)
३० माघ,काठमाडौं । हिमालयन उद्धार सङ्घ नेपालको ४६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सङ्घले कोरोना सङ्क्रमणपछि विस्तारै पर्यटन व्यवसायले गति लिन शुरु गरेको अवस्थामा पर्वतीय पर्यटनमा आउने पर्यटकका लागि सुरक्षित अनुभूति दिलाउन आवश्यक भएकोमा जोड दिइएको छ ।
वार्षिक साधारणसभाले मनाङ तथा फेरिचे स्वास्थ्यचौकी तथा सगरमाथा आधारशिविर र गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन कार्यालय निरन्तरता दिने निर्णय गरेको छ । सो अवसरमा सङ्घका अध्यक्ष हरिप्रसाद धरेलले लेक लाग्ने रोगको रोकथामका लागि प्रभावकारी सूूचना प्रवाह गर्न ठाउँठाउँमा सूचनापाटी राख्ने, पर्चा पम्पलेट वितरण गर्ने, विद्यार्थीहरुलाई प्रशिक्षित गराउने तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रमा सङ्घका कार्यक्रम विस्तार गरिने बताएका छन् ।
बैठकमा सङ्घका महासचिव श्रीराम खत्रीले प्रस्तुत गरेका आव २०७६÷७७ को प्रगति प्रतिवेदन तथा आव २०७७÷७८ को वार्षिक कार्यक्रम तथा कोषाध्यक्ष सुशीलकृष्ण अधिकारीले आव २०७६÷७७ को लेखापरीक्षण प्रतिवेदन तथा आव २०७७÷७८ को वार्षिक बजेटलाई पारित गरेको छ । साथै, सङ्घका मेडिकल निर्देशक डा बुद्ध बस्न्यातले प्रस्तुत गरेको मेडिकल प्रतिवेदनलाई पनि बैठकले पारित गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहलेसी बजारमा लागेको आगोबाट सात करोड ३० लाख बराबरको क्षति
फागुन ५, २०८१ सोमबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार