नुवाकोटमा ‘भूकम्प स्मारक स्तम्भ’ निर्माण
नेपालबहस संवाददाता
माघ ३०, २०७७ शुक्रबार १८:३:१४
३० माघ,त्रिशूली । नुवाकोट उद्योग वाणिज्य सङ्घले विदुर नगरपालिका–२ स्थित वनदेवी मन्दिर परिसरमा निर्माण गरेको ‘भूकम्प स्मारक स्तम्भ’को उद्घाटन गरिएको छ । विसं २०७२ वैशाख १२ को भूकम्पको कम्पन र त्यसको परकम्पनबाट नुवाकोटमा ज्यान गुमाएका व्यक्तिको स्मृतिमा स्मारक निर्माण गरिएको थियो ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बिहीबार उद्घाटन गर्दै भूकम्पको कारण नभई मानवीय कमजोर संरचनाको कारण जनधनको क्षति पुग्ने भएकाले भूकम्पपछिको पुनःनिर्माण तथा अब बन्ने संरचना मापदण्डअनुसार विपद् प्रतिरोधि बनाउन आग्रह गेका थिए ।
स्मारक स्तम्भ निर्माणको लागि आर्थिक सहयोग उपलब्ध गराएको कार्यक्रममा गोयन्का गु्रपका व्यवस्थापक अजय गोयन्काले व्यवसायका साथसाथै सामाजिक उत्तरदायित्व बहनको क्रममा भूकम्पमा परेर ज्यान गुमाएका व्यक्तिको स्मृतिमा स्मारक निर्माण गरेर सहयोग पु¥याएको बताएका थिए ।
दुई वर्षअघि शिलान्यास गरिएको सो स्तम्भ गोयन्का गु्रपको रु १० लाख लगानीमा निर्माण सम्पन्न गरिएको हो । स्तम्भ निर्माणको समन्वय तथा जिम्मेवारी बहन गरेको नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले व्यवसायी नाफाको लागि मात्र नभई सामाजिक उत्तरदायित्व, मानवीय पीडाको समयमा सहयोगीको रुपमा सहानुभूति समेत राख्न सकिने सन्देश दिएको बताएका थिए ।
भूकम्पमा परेर नुवाकोटमा एक हजार ११२ ले ज्यान गुमाएका थिए भने एक हजार ५० घाइते भएका थिए । असी हजारभन्दा बढी निजी आवाससहित जिल्लाका सबै ९४५३ वटा० विद्यालय, स्वास्थ्य संस्था, सरकारी तथा सामुदायिक भवनमा क्षति पुगेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार