फागुन १ देखि राष्ट्रिय दलितमुक्ति जागरण अभियान शुरु
नेपालबहस संवाददाता
माघ ३०, २०७७ शुक्रबार १९:०:२३
३० माघ, लहान । दलितभित्रको आन्तरिक विभेदको अन्त्य गरी दलित समुदायलाई सङ्गठित गर्ने उद्देश्यले आगामी फागुन १ गतेदेखि देशव्यापी बृहत् राष्ट्रिय दलितमुक्ति जागरण अभियान शुरुआत हुने भएको छ ।
सामाजिक न्याय, मुक्ति र विभेदविरुद्ध पूर्वको राजविराजस्थित रङ्गशाला मैदान र पश्चिमको दैलेख बजारबाट एकसाथ सो अभियान शुरु हुने अभियानका पूर्वी संयोजक राजेश विद्रोहीले बताएका छन् । विभिन्न घटनालाई मध्यनजर गर्दै न्याय, मुक्ति र विभेदविरुद्ध सडकमा देशभरिकै दलित समुदाय एकीकृतरुपमा उत्रिनुपर्ने बाध्यता आइलागेको उनले बताए ।
अभियानका क्रममा दलित समुदायभित्र रहेका विभेदको विषयमा छलफल, बहस गरिने, अहिलेसम्म दलित समुदायको अवस्थामा सुधार नआउनुको पछाडिको कारणबारे देशव्यापी बहस चलाइने जनाइएको छ । ‘संयुक्त दलित सङ्घर्षको राष्ट्रिय दलितमुक्ति जागरण अभियानले देशव्यापीरुपमा जागरण अभियान तथा विरोधका कार्यक्रम गर्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार